शुक्रबार, ७ वैशाख २०८१

सुन्दरीजलमा सेल्फी खिच्ने क्रममा ८ जनाले ज्यान गुमाए,४ जनालाई खोचबाट जिवितै उद्धार

समयपोष्ट २०७४ भदौ १८ गते १२:००

चार वर्षको बीचमा  काठमाडौंको सुन्दरीजलमा सेल्फी खिच्ने क्रममा ८ जनाले ज्यान गुमाएका छन् । ४ जनालाई भने खोचबाट जिवितै उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । काठमाडौंको सुन्दरीजलमा रहेको नेपाली सेनाको श्री नं.१ विपत व्यवस्थापन गणमा शुक्रबार भएको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रममा बोल्दै निमित्त गणपति सेनानी भगिरथ महतले सुन्दरीजल स्थित वागमती नदीमा सेल्फी खिच्ने क्रममा धेरै दुर्घटना हुने गरेको जानकारी दिएका हुन् । 

Advertisement

खोलाको ढुङ्गामा बसेर सेल्फी खिच्ने क्रममा खोलामा तथा गहिरो खोचमा खसेर मृत्यु हुने गरेको हो । गहिरो खोचमा खसेर घाइते हुनेहरु पनि बढेपछि नेपाली सेनाले अत्यधिक जोखिम युक्त स्थानको खोजी गरेर ८ स्थानमा ‘डेन्जर जोन’ को संकेत समेत राखेको छ । ती स्थानमा रेलिङ राख्न उपयुक्त हुने भन्दै सैनीक मुख्यालयमा लेखेर पठाएको सेनानी महतले जानकारी दिए । 

शनिवार तथा विदाका दिन सुन्दरीजल घुम्न यूवा यूवतीको भीड लाग्ने गर्दछ । बाग्मतीमा सेल्फी खिच्ने क्रममा दुर्घटना बढेपछि नेपाली सेनाले जोखिन न्यूनिकरण गर्ने कार्यक्रम अघि सारेको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री