बिहीबार, १५ चैत २०८०

नेपालमै पहिलो पटक ‘टाटा मोटर्स कार्निभल’ सुरु,गाडी खरीदमा ३ लाख सम्मको छुट

समयपोष्ट २०७६ साउन १७ गते ११:४३

Advertisement

टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लिले नेपालमै पहिलो पटक ‘टाटा मोटर्स कार्निभल’ आयोजना गरेको छ । बिहीबारबाट काठमाण्डौंको थापाथलीस्थित टाटा मोटर्सको शोरुम शुरु भएको ‘टाटा मोटर्स कार्निभल’ मा गाडी खरीद गर्दा ग्राहकहरुले आर्कषक छुट प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले जारी गरेको विज्ञप्ती अनुसार उक्त कार्निभलमा टाटाको प्यासेन्जर गाडी खरीदमा ३ लाख सम्मको छुट, विभिन्न आर्कषक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभको सुविधा रहेको छ ।

साथै उक्त कार्निभलमा ग्राहकहरुले संगित, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत मज्जा लिन सक्ने छन् ।

लक्की ड्र-मार्फत एक भाग्यशाली जोडीलाई यूरोप भ्रमण,एप्पलको सेट ,३ लाखसम्मको नगद छुट प्राप्त गर्ने कम्पनीले जनाएको छ। कम्पनीको अनुसार ग्राहकहरुले १ लाखसम्मको लोएल्टी बोनश,एक वर्षसम्मको लागि रोड टयाक्समा छुट,डोर प्राईजमा एकजनालाई ब्याङकक भ्रमण,बुकिङ्गमा लक्की ड्र मार्फत एक सामसुङ्गको ३२ ईन्च टिभी उपहार,रिक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन,परिक्षण टेष्टमा एक भाग्यशालीलाई लक्की ड्र बाट हुवाईको स्मार्ट फोन,पूरानो सवारी मूल्यांकनमाएक भाग्यशालीलाई लक्की ड्र बाट दक्षिणकाली भिलेज रिर्सोटमा एक रातको बास,प्रत्येक टेष्ट ड्राईभमा २ जनालाई फिल्मको टिकट र प्रत्येक गाडीको डेलिभरीमा आकर्षक उपहारहरु प्रदान गरिने जनाइएको छ ।

यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजित नारायण सिंहले बताए ।

यस कार्यक्रम बाट बजारमा भन्दाआकर्ष छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रा.लिका सि.इ.ओ राजनबाबु श्रेष्ठ बताउछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री