शुक्रबार, १४ वैशाख २०८१

मेगा बैंकले ६५ प्रतिशत हकप्रद निष्काशन गर्दै

समयपोष्ट २०७४ भदौ ९ गते ११:३५

मेगा बैंकले चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले भाद्र २७ गते देखि असोज ३० गतेसम्म हकप्रद निश्कासन गर्ने भएको हो । बैंकको हकप्रदमा २०७३ माघ ६ गतेसम्म कायम भएका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन ।

Advertisement

यसबीचमा सेयर नामसारी तथा दाखिल खारेज हुँन बाँकी रहेका शेयरधनीले पनि भदौ १६ गतेसम्म प्रकृया पूरा गरेर हकप्रदमा आवेदन गर्न सक्नेछन । बैंकको हकप्रद सेयरको आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, मेघा बैंककको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ।

चुक्ता पूँजी ४ अर्ब ५८ करोड रुपैयाँ छ रहेको बैंकको ६५ प्रतिशत हकप्रद निश्कासन पछि चुक्ता पूँजी ७ अर्ब ५६ करोड पुग्नेछ । त्यस्तै मेगा बैंक टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको छ । मेगाको चुक्ता पूँजी टुरिजमलाई गाभेपछि नौ अर्ब बढी पुग्ने देखिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री