बिहीबार, १३ वैशाख २०८१

राष्ट्रिय पौडीमा गौरीकाको अर्को नयाँ राष्ट्रिय किर्तीमान

समयपोष्ट २०७४ भदौ १ गते ८:३७

काठमाडौंको सातदोबाटो स्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा बिहीबारबाट सुरु भएको राष्ट्रिय पौडी प्रतियोगितामा गौरीका सिंहले अर्को नयाँ राष्ट्रिय किर्तीमान राखेकी छिन् । 

Advertisement

ओलम्पियन पौडीवाज सिंहले आज बिहान सम्पन्न भएको ५० मिटर बटरफ्लाइ स्पर्धामा नयाँ किर्तीमान बनाएकी हुन ।

 ५० मिटर बटरफ्लाइको हिट चरणमा गौरीकाले २९.०४ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । 

नेपाल पौडी संघको आयोजनामा बिहीबारदेखि सुरु भएको प्रतियोगितामा गौरीकाले पाँच वटा स्पर्धामा भाग लिएकी छन् । २९ स्पर्धामा खेलाइएको प्रतियोगितामा १४४ खेलाडीको सहभागिता छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री