शुक्रबार, १६ चैत २०८०

ट्राफिक व्यवस्थापनका लागि यसरी आक्रामक रुपमा प्रस्तुत भए गृहमन्त्री

समयपोष्ट २०७४ साउन २३ गते १३:२१

गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीसँग थोरैमात्र अधिकार भएको बताएका छन । सोमबार संसदको विकास समितीको बैठकमा बोल्दै मन्त्री शर्माले ट्राफिक व्यवस्थापन सम्बन्धी कानुनमा ट्राफिक प्रहरीलाई थोरैमात्र अधिकार भएको उल्लेख गर्दै मन्त्री शर्माले भने, ‘ट्राफिकलाई सड्कमा बसेर सवारी साधन दायाँ–बायाँ पठाएर सहजिकरण गर्ने अधिकार मात्र छ ।’  
उपत्यकाको ट्राफिक व्यवस्थापनमा मुख्य समस्याको रुपमा संकेत बत्तिको अभाव रहेको उल्लेख गर्दै मन्त्री शर्माले प्रश्न गरे, ‘सड्कमा ट्राफिक लाईट छैन्, लाईट कसले राख्ने रु’ 
‘संकेत बत्ति राख्ने गृह मन्त्रालय वा ट्राफिक प्रहरीले हैन, यो समस्या बर्षौंदेखी कथाको रुपमा रहेको छ’ मन्त्री शर्माले भने, ‘ट्राफिक प्रहरीलाई बजेट र सामगी्र दिने हो भने तिन महिना भित्र संकेत बत्ति हाल्न सकिन्छ, हामी सक्छौं ।’
सामग्री खरिद गरेर दिएमा ट्राफिक प्रहरीले नै सड्क संकेत बत्ति हाल्ने उल्लेख गर्दै उनले भने, ‘यो मेरो कमिटमेन्ट हो, तर हामीलाई साधन चहियो, सामग्री खरिद गरेर दिनुस हामी बनाउँछौं ।’ 
‘काठमाडौं उपत्यकाको सड्कमा पाईप ओछ्याउने, पोल गाड्ने र गाडी कुदाउने जस्ता कार्य फरक–फरक निकायले गर्ने हुँदा एकिकृत संरचनाको अभाव छ’ मन्त्री शर्माले भने, ‘समस्याहरु थुप्रै छन्, समाधान नहुने कुरा पनी हैन, तर हामिले सवैभन्दा पहिलो एकिकृत शहरी विकासको प्लान बनाउन आवश्यक छ ।’ 
आफुले गृह मन्त्रालय सम्हालेपछी उपत्यकाको ट्राफिक ब्यवस्थापनको समस्या कसरी हल गर्ने भन्नेबारे काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखको नेतृत्वमा टिम बनाएर काम थालेको जानकारी गराउँदै मन्त्री शर्माले स्थायी रुपमा समस्याको हल गर्न दिर्घकालीन योजना बनाउनुपर्ने बताए ।’
गृहमन्त्री शर्माले राजस्व आउने नाममा जत्तिपनी गाडीहरु आउन दिने अवस्थाका कारण ट्राफिक समस्या बढ्दै गएको उल्लेख गर्दै त्यस्तो व्यवस्थालाई नियमन गर्नुपर्ने बताए । 
‘काठमाडौं शहरबाट पुराना र साना गाडीहरु हटाउनुपर्छ, ठुला सार्वजनिक यातायात वृद्धि गर्नुपर्छ’ मन्त्री शर्माले भने, ‘काठमाडौं महानगरपालिकाले एउटा सञ्जाल बनाएर यातायात सञ्चालन गर्नुपर्छ, जसले साना गाडी विस्थापनका लागि सहयोग पुग्नेछ ।’ 
उपत्यकामा आवश्यक स्थानमा अस्थायी खालका क्रस ब्रिजहरु हालेर तत्कालिन समस्या समाधान गर्न सकिने उल्लेख गर्दै मन्त्रि शर्माले स्याटेलाईट सिटी बनाएर सुविधा विस्तार गर्नुपर्ने बताए । ‘सुविधा विस्तार नगरेसम्म दिर्घकालिन समस्याको समाधान हुँदैन’ उनले भने, ‘काठमाडौं भन्दा बाहिर सुविधा सम्पन्न नयाँ शहर बनाउने हो भने, जनघनत्व घट्छ जसले ट्राफिक ब्यवस्थापन लगायतका समस्या समाधानमा सहयोग पुग्छ ।’ 
   सार्वजनिक बसको छुट्टै लेन  
सार्वजनि बसहरु समयमा तोकिएको स्थानमा पुग्नका लागी काठमाडौं उपत्यकामा छुट्टै लेनको ब्यवस्था गर्नुपर्ने मन्त्री शर्माले बताए । ‘यातायात क्षेत्रको एकाधिकार अन्त्य गर्नका लागी आवश्यक पहल गर्नुपर्छ’ मन्त्री शर्माले भने, ‘त्यसका लागी सवैको सहयोग आवश्यक छ ।’ 
काठमाडौंमा ट्राफिकका अफिसर सहितको जनशक्ति थप्ने तयारी भईरहेको जानकारी दिँदै मन्त्रि शर्माले प्रहरीलाई आक्षेप लागेपछी ट्राफिक प्रहरीले जरिवाना बापत पाउँदै आएको १५ प्रतिशत रकम कटौती गरिएको बताए । 
‘प्रहरीले जरिवानाको प्रतिशत पाउनकै लागि कारवाही गर्ने गरेको आक्षेप लागेपछी उक्त जरिवाना रकम कटौती गरिएको हो’ मन्त्री शर्माले भने, ‘त्यसको अलावा दैनीक २ सय रुपैयाँ विशेष भत्ता दिने प्रस्ताव गरिएको छ ।’
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री