बिहीबार, १३ वैशाख २०८१

नबिल बैंकद्वारा बृक्षारोपण तथा सरसफाई कार्यक्रम सञ्चालन

समयपोष्ट २०७४ साउन २३ गते १३:०३

नबिल बैंकले, आफ्नो ३३ औं वार्षिक उत्सवको अवसरमा मीनभवन नजिकको वागमती नदीको किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।
बैंकको ३० औं  वार्षिकोत्सबको उपलक्षमा २०७१ श्रावणदेखीयस क्षेत्रमा नियमितरुपमा बृक्षरोपण कार्यक्रम आयोजना गरी आएको छ ।
स्थानीय जनताहरुलाई सुविधाको लागि एउटा सानो चौतारी निर्माण गर्ने र बृक्षरोपण गरिएको क्षेत्रलाई फलामे तारको वार लगाई सुरक्षित गर्ने कामको शुरुवात स्वरुप बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा ठुलो संख्यामा रहेका बैंकका कर्मचारीहरुको उपस्थितिमा चौतारीको शिलान्यास गरे ।
नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको एक अंशको रुपमा शैक्षिक कृयाकलाप, विज्ञान तथा प्रविधी, स्वास्थ्य, साहित्य तथा कला, वातावरण आदि क्षेत्रमा सहयोग प्रदान गरी विभिन्न सामाजिक कल्याणका काममा निरन्तररुपमा प्रतिवद्धताका साथ लागि परको छ ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री