बिहीबार, ६ वैशाख २०८१

यूएमका दुई नयाँ मोडलका बाइक नेपाली बजारमा सार्वजनिक

समयपोष्ट २०७४ साउन २३ गते ३:३१

आईएमई अटोमोटिभ्सले अमेरिकन कम्पनी यूएमका दुई नयाँ मोडलका बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यूएम ब्राण्डको रेनिगेड ३०० सिरिजका रेनेगेड कमाण्डो ३०० तथा रेनेगेड स्पोटर््स एस ३०० मोडलका मोटरसाइकल आइतवार एक कार्यक्रम गरी सार्वजनिक गरेको हो । 

Advertisement

यी बाइक भारतको उत्तराखण्डस्थित काशीपुरमा यूएमको विश्वस्तरीय सुविधायुक्त फ्याक्ट्रीमा बनेको हो । त्यसैले कम्पनीले यी बाइकलाई ‘अमेरिकन सोल, इण्डियन हर्ट’ थीममा प्रवद्र्धन गर्ने भएको छ । रेनिगेड कमाण्डो ३०० बाकइमा लिक्वीड कुल्ड इञ्जिन छ । चौडा ≈याण्डलबार, हाइड्रोलिक टेलिस्कोपिक फ्रण्ट, स्प्रीङ रियर सस्पेन्शन भएको कमाण्डो ३०० को मूल्य ४ लाख ९२ हजार रुपैयाँ तोकिएको छ । यसलाई कम्पनीले ‘फिल फ्रिडम’ नारासहित प्रवद्र्धन गर्नेछ । 

‘रुल दि स्ट्रेश’ भन्ने नारामा प्रवद्र्धन हुने स्पोर्ट एस ३०० बाइकको मूल्य ४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बल र नियन्त्रणको संयोजनको विशेषता रहेको यो बाइकमा इलेकट्रिक स्टार्टसँगै एयर फिल्टर पेपर इलिमेण्टको नवीन प्रयोग गरिएको छ । अगाडिको पाङ्ग्रामा टेलिस्कोपिक सस्पेन्शन छ भने पछाडि डुअल सक अब्जर्भर पनि छ । दुवै मोडलमा १८ लिटरको इन्धन क्षमता छ ।  १ सय ७२ केजी तौल रहेको बाइकको ग्राउण्ड क्लेयरेन्स २ सय एमएम छ । दुवै बाइक ३ रङमा उपलब्ध हुनेछन् । यी बाइकले ३४ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको भनाइ छ । यसमा पूर्ण डिजिटल मिटर छन् । 

कार्यक्रममा आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्र ढकालले यी बाइकले नेपाली मोटरसाइकल पारखीलाई सन्तुष्टि प्रदान गर्नेमा आपूmहरू विश्वस्त रहेको बताए । आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले नयाँ बाइकले यूएम बाइक राइडर र उत्साहीलाई विश्वस्तरीय बाइकिङ अनुभव दिने बताए । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री