मंगलबार, ४ वैशाख २०८१

स्वाइनफ्लुबाट मृत्यु हुँनेको सख्या बढ्दै,उच्च सर्तकता अपनाउँन चिकित्सकहरुको सुझाव

समयपोष्ट २०७४ साउन २० गते ६:३७

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइनफ्लुबाट पछिल्लो एकवर्षबीचमा छ जनाको मृत्यु भएकोे जानकारी दिएको छ । 
महाशाखाले ति मध्ये तीन महिला र तीन पुरुषको मृत्यु भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।  

Advertisement

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. भिम आचार्यले मृत्यु हुनेमा तीन जना पोखरा, एक जना काठमाडौं, एक ललितपुर र एक स्याङ्गजाका रहेको जानकारी दिए । 
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाले गत जनवरीदेखि ( एचवन एनवन )स्वाइनफ्लुका बिरामीको परिक्षण गर्दा दुई सय दुई जनामा स्वाइनफ्लु देखिएको प्रष्ट पारेको छ । 
 

आचार्यले स्वाइनफ्लु रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई छिटो देखिने र शरीरमा भाइरस पसेको एकदेखि ५ दिनमा यसको लक्षण देखापर्ने बताए । घाँटी खसखसाउने, लामो समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु हुन सक्ने भएकाले यस्ता लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने उनको सुझाव छ ।

 स्वाइन फ्लु एक व्यक्तिबाट अर्को ब्यक्तिमा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन–पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लुको शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउनुपर्ने उनको  भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री