शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रिय व्यावसायिक पहलको सम्मेलन आजबाट काठमाडौँमा शुरु

समयपोष्ट २०७४ साउन १९ गते १०:२५

 राष्ट्रिय व्यावसायिक पहलको दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलन आजबाट काठमाडौँमा शुरु भएको छ । सम्मेलनको उद्धाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । 
व्यावसायिक जिम्मेदारीको भूमिका निर्वाह गरी सभ्य समाज निर्माणमा व्यवसायीले अपनाउनुपर्ने उपायबारे सम्मेलनमा छलफल हुनेछ । सम्मेलनको सहजकर्ताका रुपमा त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालय रहेका छन् भने दर्जनभन्दा बढी व्यापारिक कम्पनीको साझेदारिता रहेको छ । 

Advertisement

काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकुमार मकाजु श्रेष्ठले जिम्मेवार व्यवसाय र जिम्मेवार समाज निर्माणका लागि व्यवसायी र सरकारबीच समन्वय र सहकार्यको खाँचो औल्याए । उनले व्यापार सफलताका लागि लगानीकर्ताका सफलताका कथाबाट सिक्न सकिने भन्दै त्यसका लागि सामाजिक उत्तरदायित्व र प्रतिबद्धता आवश्यकता रहेको बताए । 

राष्ट्रिय व्यावसायिक पहलका अध्यक्ष पद्म ज्योतिले असल समाज निर्माणका लागि व्यावसायिक दायित्वलाई अझ प्रभावकारी बनाउन सम्मेलन उपयोगी हुने बताए । उनले अब पालो अधिकारको नभई जिम्मेवारीको रहेको बताउँदै जिम्मेवार व्यवसायीले आदर्श र जिम्मेवार समाज निर्माणमा योगदान पु¥याउनुपर्नेमा जोड दिए । 

संस्थाका उपाध्यक्ष कुशकुमार जोशीले सफल समाज निर्माणका लागि सफल र जिम्मेवार व्यवसायी हुनुपर्छ भन्ने ध्येयका साथ सम्मेलन व्यावसायिक सीप र लगानीको जिम्मेवारीलाई सामाजिक क्षेत्रमा अभिप्रेरित गर्न उपयोगी हुने बताए ।

सम्मेलनमा छिमेकी मुलुक भारत, चीन, सिंगापुरलगायत अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यवसायी, विज्ञ, अनुसन्धानकर्ताको जमघट रहेको छ । दुईदिने सम्मेलनमा विभिन्न विषयमा ख्यातिप्राप्त व्यवसायीले १६ वटा कार्यपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री