शुक्रबार, ७ वैशाख २०८१

विकटमा बिरामीले सिटामोल र आइरन चक्की समेत पाएनन्

समयपोष्ट २०७४ साउन १९ गते ७:०५

बैतडीका सरकारी स्वास्थ्य संस्थामा अति आवश्यकसहित एक दर्जनभन्दा बढी औषधिको अभाव हुँदा समस्या भएको छ । अति आवश्यक औषधिको सूचीमा पर्ने सिटामोल, आइरन चक्कीलगायतका औषधि नपाएपछि बिरामी मर्कामा परेका हुन् । 

Advertisement

आइरन चक्की नपाउँदा आफू गर्भवती भएको छ महिना हुँदासम्म पनि आइरन चक्की सेवन नगरेको पाटन नगरपालिका सिद्घेश्वरकी ईश्वरी चन्दले बताईन् । 

स्वास्थ्य चौकी आउँछु, आइरन चक्की मिल्दैन, गर्भवती भएको छ महिनासम्म पनि आइरन खाएको छैन, उनले भनिन्  “डाक्टरले अनिवार्यरुपमा गर्भवती हुँदा आइरन सेवन गर्नुपर्छ भन्नुहुन्छ, कहाँबाट खाने ?” 

बिरामी भएर स्वास्थ्य संस्थामा पुगेका पाटनका दिनेश अवस्थीले पनि औषधि नपाएको गुनासो गरे । स्वास्थ्य संस्थामै औषधि पाइन छोडेको छ, उहाँले भन्नुभयो “सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने औषधि नै मिल्न छोड्यो, मेडिकलबाट किन्ने पैसा छैन ।” 

स्वास्थ्य संस्थामा औषधि अभाव हँुदा उपचारमा पनि समस्या भएको पाटन नगरपालिकाको सिद्घेश्वर स्वास्थ्य चौकीका अनमी लक्ष्मी भट्टले जानकारी दिईन् । सामान्य ज्वरो आएको बेला दिइने सिटामोल समेत छैन, उनले भनिन् “गर्भवती महिलाले नियमित सेवन गर्ने आइरन चक्कीको समेत अभाव छ ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री