बुधबार, ५ वैशाख २०८१

सिद्धार्थ बैंकको नाफा अघिल्लो आर्थिक वर्षभन्दा १६ करोड बढी

समयपोष्ट २०७४ साउन १७ गते ७:४८

सिद्धार्थ बैंकले गत आर्थिक बर्षमा १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाउँन सफल भएको छ । अघिल्लो आर्थिक बर्ष १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको बैंकले अघिल्लो आर्थिक वर्षभन्दा १६ करोड बढी नाफा आर्जन गर्न सफल भएको छ । 

Advertisement

बैंकको खुद ब्याज आम्दानी दुर्इ अर्ब ६५ करोड रुपैयाँ छ । बैंकले निक्षेप संकलन ६४ अर्ब ९३ करोड रुपैयाँबाट ७७ अर्ब ३१ करोड रुपैयाँ बढाएको छ। बैंकले  ६६ अर्ब छ करोड रुपैयाँ कर्जा ऋण लगानी गरेको छ। 

बैंकको चुक्ता पूँजी छ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। बैंकको जगेडा कोषमा तीन अर्ब २८ करोड रुपैयाँ छ। 

बैंकको पूँजी कोष अनुपात ११.२ प्रतिशतबाट बढेर १३.१६ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा १.१५ प्रतिशत रहेको छ। बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ रहेको छ।   

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री