बिहीबार, १५ चैत २०८०

माछापुच्छ्रे बैंकले ल्यायो एकैदिन ६ वटा नयाँ शाखा संचालनमा

समयपोष्ट २०७४ साउन १७ गते ४:२२

माछापुच्छ्रे बैंकले एकै दिन ६ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ। बैंकले दमक,लहान,वर्दिवास,सुर्खेत,महेन्द्रनगर र कोहलपुरमा ६ वटा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको हो।बैंकले तीन वटा एक्सटेन्सन काउन्टर र दुर्इवटा शाखारहित बैंकिङ सेवा समेत सुरु गरेको छ।सिराहा जिल्लाको कल्याणपुर गाउँपालिका,तनहुँ जिल्लाको भिमाद नगरपालिका र कंचनपुर जिल्लाको पुर्नवास नगरपालिकामा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।
बैंकले रुपन्देहीको गैडहवा र सम्मरी मार्इ गाउँपालिकामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ।बैंकले शुभारम्भको अवसरमा निशुल्क डेविट कार्ड,कर्जा शुल्कमा शुन्य दशमलब २५ प्रतिशत छुट र लकर शुल्कमा पचास प्रतिशत छुट दिने जनाएको छ।बैंकले चैत मसान्तसम्म ५८ अर्ब ४ करोड निक्षेप परिचालन गरेर ५३ अर्ब पाँच करोड कर्जा प्रवाह गरेको जनाएको छ।बैंकले यो अवधिमा १ अर्ब ५१ लाख खुद मुनाफा कमाएको छ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री