बिहीबार, १५ चैत २०८०

रियो ओलम्पिक भव्य कार्यक्रमबीच समापन, अव सन् २०२० मा टोकियोमा आयोजना हुने

समयपोष्ट २०७३ भदौ ८ गते ११:१०

सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने गरी आधिकारिक हस्तान्तरण गर्दै सन् २०१६ को रियो ओलम्पिकको भव्य कार्यक्रमबीच समापन भएको छ । माराकाना स्टेडियममा करिब ३ घण्टा लामो कार्निभल आयोजना गरेर ओलम्पिकको समापन गरिएको हो । 

Advertisement

हुरी र वर्षाबीच आयोजना भएको समापन कार्यक्रममा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सभापति थोमस ब्याचले ओलम्पिक समापन भएको आधिकारिक घोषणा गरे । ‘म ३१ औं ओलम्पियाड समापन भएको घोषणा गर्छु । म विश्वभरका युवाहरुलाई जापानको टोकियोमा ३२ औं ओलम्पियाडमा एकीकृत हुन आह्वान गर्छु । बाई बाई रियो,’ उनले भने ।
rio-closing-5पछिल्ला १६ दिनमा २०६ राष्ट्र र एक शरणार्थी टोलीसहित का ११ हजार ३ सय ३ खेलाडीहरुले प्रतियोगितामा भाग लिएका थिए । यसक्रममा २७ विश्व किर्तिमान र ९१ ओलम्पिक किर्तिमानहरु बनेका छन् । समापन समारोहम जापानका प्रधानमन्त्री सिन्जो आबे सुपर मारियोको पहिरनमा उपस्थित भएका थिए । अन्तिम पदक तालिकामा अमेरिका ४६ स्वर्ण, ३६ रजत र ३८ काँस्यसहित प्रथम स्थानमा रह्यो भने चीनलाई उछिन्दै बेलायत २७ स्वर्ण, २३ रजत र १७ काँस्यसहित दोस्रो स्थानमा रह्यो । चीन भने २६ स्वर्ण, १८ रजत र २६ काँस्यसहित तेस्रो स्थानमा सिमित बन्यो ।
चौँथो स्थानमा रसिया र पाँचौ स्थानमा जमर्नी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री