शनिबार, ८ वैशाख २०८१

छिमेकी देशहरुसँगको सम्बन्ध नयाँ उचाईमा उठेको सरकारको निष्कर्ष

समयपोष्ट २०७३ भदौ ८ गते ११:०२

काठमाडौं । मन्त्रीपरिषदको बैठकले नेपाल सरकारका विशेष दूतका रुपमा २ उपप्रधानमन्त्रीले गरेको भारत र चीन भ्रमणले छिमेकी देशहरुसँगको सम्बन्ध नयाँ उचाईमा उठेको निष्कर्ष निकालेको छ ।
मंगलबार दिउँसो सिंहदरबारमा बसेको बैठले सरकारका प्रार्थमिकताप्रति दुवै छिमेकीको सकारात्मक सदासयता रहेको ठहर गरेको छ । मन्त्रीपरिषद् बैठकका निर्णयबारे पत्रकारहरुलाई जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले ‘विशेष दुतहरुको भारत र चीन भ्रमणले छिमेकीसँगको सम्बन्ध नयाँ उठाईमा विकसित भएको’ बताए । उनले भने, ‘दुवै विशेष दुतले भ्रमणको संक्षिप्त जानकारी गराउनुभयो । सरकारका प्राथमिकताप्रति दुवै छिमेकीले सकारात्मक चासो राखेको उहाँहरुले बताउनुभयो । भारत र चीनको सरकार, नागरिक समाज र राजनीतिक नेतृत्वले नेपालको संक्रमणकालमा सकारात्मक सदासयता राखेको कुरा उपप्रधान मन्त्रीज्यूहरुले जानकारी गराउनुभयो ।’
बैठकले राष्ट्रिय बिपत् प्रतिकार्यको कार्यव्यवस्था सम्बन्धि आएको विद्येयक समितिमा पठाउने निर्णय गरेको छ । साथै बैठकले प्रधानमन्त्रीको निर्देशनमा बजार अनुगमनमा भएको प्रगतिलाई पनि अनुमोदन गरेको छ । सो क्रममा प्रधानमन्त्रीको निर्देशन र आपूर्ति मन्त्रालयको पहलमा गरिएको संयुक्त बजार अनुगमन टोलीले कालोबजारी, कृतिम अभाव, म्याद नाघेका सामान बिक्री गर्नेहरुलाई कार्वाहीको दायरामा ल्याएको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री