शुक्रबार, १६ चैत २०८०

‘सिन्डिकेट बचाउन मन्त्री, सिडिओ र एसपीसम्मको मिलेमतो ’

समयपोष्ट २०७३ भदौ ६ गते २:०८

काठमाडौं–पूर्व मूख्यसचिव लीलामणी पौडेलले यातायातको सिन्डिकेट बचाउन मन्त्रीदेखि सिडिओ र प्रहरीको एसपीसम्मको मिलेमतो हुने गरेको बताएका छन् ।

Advertisement

उनले जिम्मेवार निकाय र व्यक्तिले नै यातायात व्यवसायीसँग अनौपचारिक सम्झौता गरेर सिन्डिकेट बचाइरहेको दाबी गरे ।

पोडेलले यातायात व्यवसायीको भलाइ कोषमा जम्मा हुने रकमले सिन्डिकेट मौलाएको र त्यसलाई कायम राख्न व्यवसायीले उक्त कोषको रकम सिडिओदेखि एसपीसम्मलाई बाँड्ने दाबी गरेका हुन् ।

उनले भने, ‘व्यवसायीसँग मन्त्री आफैंले अनौपचारिक सम्झौता गर्दा यातायात षेत्रमा सिन्डिकेट मौलाएको छ । व्यवसायीको भलाइ कोषमा करोडौं रकम जम्मा हुने र त्यो रकम सिन्डिकेटका दागि सबैतिर बाँडिले गरेको पाइन्छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री