बिहीबार, १५ चैत २०८०

काबुल घट्नाबारे कार्यदलले बुझायो प्रतिवेदन

समयपोष्ट २०७३ साउन ३२ गते ८:२७

काठमाडौं । १३ जनाको ज्यान जाने गरी केही समयअघि अफगानिस्तानको काबुलमा भएको घटनाको छानविन गर्न बनेको कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।

Advertisement

श्रम सचिव विष्णु लम्सालको नेतृत्वमा २०७३ असार ९ गते मन्त्रीपरिषदले गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमा सुरक्षाको प्रत्याभूति गराउने र कार्यस्थलमै सुरक्षित बासस्थानको ग्यारेण्टी गरेर मात्रै सुरक्षा गार्डमा कामदार पठाउन सकिने सुझाएको छ । सो अवसरमा तात्कालीन श्रम मन्त्री रहनुभएका आपूर्ति मन्त्री दीपक बोहरासमेतको उपस्थिति थियो ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले भने, ‘विदेशमा रोजगारीका लागि गएका नेपालीहरुको सुरक्षाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने सरकारको धारणा हो । प्रतिवेदन अध्ययन गरेर यसबारे मन्त्रीपरिषदको बैठकमा छलफल गरी निर्णय गरिनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री