मंगलबार, ११ वैशाख २०८१

पत्रकार विचार र आस्थाबाट प्रभावित हुन हुँदैनः सञ्चारमन्त्री

समयपोष्ट २०७३ साउन ३२ गते ८:२०

काठमाडौं ।  सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सकारात्मक र समाजलाई अभिपे्ररित गर्ने समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीसँग आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको शुभकामना कार्यक्रममा मन्त्री कार्कीले समाजमा सबै खराब काम मात्र नभएको धारणा राख्दै राम्रा काम पनि भएका छन् भने । उनले आलोचना तथ्यमा आधारित हुनुपर्नेमा पनि जोड दिए।
पत्रकार आफ्नो पेसामा कुनै पनि विचार र आस्थाबाट प्रभावित हुन नहुने धारणा राख्दै उनले भने, ‘पत्रकारिता मर्यादित पेसा हो, गम्भीर हुनुपर्छ ।’
मन्त्री कार्कीले श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्ने बताउँदै सञ्चार क्षेत्रलाई उद्योगको मान्यता दिनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले महासङ्घको सक्रियतामा ज्येष्ठ पत्रकारलाई मासिकएक हजार प्रदान गर्ने, पत्रकार परिवारलाई शैक्षिक सन्तति वृत्ति, स्वास्थ्य बिमालगायत महत्वपूर्ण कार्यक्रम अघि बढेको उल्लेख गरे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री