बिहीबार, १३ वैशाख २०८१

नेविसंघ महाधिवेशन : देउवा–पौडेलवीच ७ बुँदे सहमति

समयपोष्ट २०७३ साउन ३१ गते ८:२६

काठमाडौं, । नेविसंघ महाधिवेशन विवाद मिलाउनको लागि पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलवीच ७ बुँदे सहमति भएको छ ।

Advertisement

काठमाडौंमा जारी ११ औं महाधिवेशनमा प्रतिनिधिहरुको नामावली प्रकाशित भएपछि पौडेल पक्षले फर्जी प्रतिनिधि थपिएको भन्दै त्यसको खारेजीको माग गर्दै महाधिवेशन नै बहिष्कार गर्ने चेतावनी दिएको थियो । दुवै पक्षविचको विवाद उत्कर्षमा पुगेपछि पार्टी सभापति देउवाले विवाद समाधानको लागि समय थप गरेर भएपनि निर्वाचनमार्फत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए ।

७ बुँदे सहमतिमा निर्वाचनको समय थप, उम्मेद्धवार मनोनयनको समय थप ६ बजेसम्म, उपत्यकाभित्र थपिएका प्रतिनिधि उपत्यका बाहिर लैजाने, ६४ जिल्लाका प्रतिनिधिहरुको नामावली रिभ्यु गर्ने, पौडेल पक्षबाट प्रतिनिधि संख्या थप्ने लगायत रहेका छन् ।

निर्देशक समितिका सदस्य गोविन्द भट्टराई र गुरु घिमिरेले आज पार्टी सभापति देउवालाई भेटेपछि यस्तो सहमति बनेको हो । पौडेलका तर्फबाट देउवालाई भेट्न सदस्य द्धय भट्टराई र घिमिरे देउवा निवास बुढानिलकण्ठ पुगेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री