शनिबार, ८ वैशाख २०८१

मासिक १ सय रुपैयाँमा १५ हजार लिटर खानेपानी

समयपोष्ट २०७५ भदौ १५ गते ८:३२

म्याग्दी स्थित जलजला गाउँपालिकाको मल्लाजमा खानेपानी आयोजना निर्माण भएपछि सामाजिक द्वन्द्व न्यूनीकरण भएको छ ।
पुम्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत घर÷घरमा निजी धारामार्फत खानेपानी वितरण हुन थालेपछि समाजमा पानी उपभोगका विषयमा हुने विवाद र झगडाको समस्या हटेको हो ।

Advertisement

घरघरमा चौबिसैघण्टा शुद्ध खानेपानी आपूर्ति भएपछि सरसफाइ, स्थानीयवासीको दैनिकी सहज र सामाजिक द्वन्द्व कम भएको उपभोक्ता समितिका अध्यक्ष लालबहादुर अधिकारीले बताउनुभयो । सार्वजनिक धारामा पुगेर लाइन बस्नुपर्ने समयको बचत भएको छ । पहिले दिनहुँजसो पानीका कारणले झगडा हुने समस्या थियो ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु चार करोड बढीको लगानीमा निर्माण भएको आयोजनाबाट जलजलाको २, ३ र ४ नम्बर वडाका ६ सय घरधुरी लाभान्वित भएका छन् ।

सरकारको रु तीन करोड ६६ लाख ८४ हजार अनुदान र स्थानीयवासीको रु ५७ लाख १९ हजार बराबरको श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । सो आयोजनाको श्रमदानसहित रु चार करोड ६६ लाख १९ हजार ५८९ लागत अनुमान गरिएको थियो ।

विसं २०६७ मा सर्वेक्षण भई सोही वर्षदेखि निर्माण शुरु भएको आयोजनामार्फत हालसम्म ६०० घरले मिटर जडान गरेर खानेपानी उपभोग गरेका छन् । मिटर जडित निजी धारामार्फत खानेपानी वितरण भएको छ । मुख्य र शाखा पाइपलाइन विस्तारका लागि श्रमदान गरेका मल्लाजवासीले मिटर, टुटी, धाराको पाइप र जडान शुल्कबापत थप रु सात हजार ५० का दरले लगानी गरेका छन् ।

मल्लाजमा रहेका तितौरे, चौराह, प्यूसे, हम्र्पनी, पँधेरापाटे, थाम पिडाल्ना आयोजनासमेत सुधार, वितरण प्रणालीलाई व्यवस्थित र एकीकरण गरेर एक हजार घरधुरीमा खानेपानी विस्तार गर्ने समितिको लक्ष्य छ । जलजला गाउँपालिका– ५ स्थित पुम्दीको मुहानबाट प्रति सेकेण्ड दश लिटरका दरले खानेपानी आपूर्ति गराइएको छ । आयोजनाको १५ किलोमिटर ३२ मिटर मुख्य र ३३ किलोमिटर ५० मिटर शाखा पाइपलाइन निर्माण भएको छ । न्यूनतम १५ हजार लिटर पानी उपभोग गरेबापत मासिक एक सय रुपैयाँ न्यूनतम शुल्क कायम गरिएको छ ।

यसैगरी जलजला गाउँपालिकाको ३ नं वडाका २२४ घरलाई वडा कार्यालयले निजी धाराको मिटर जडानका लागि रु दुई हजार १०० का दरले अनुदान उपलब्ध गराएको छ । वडा अध्यक्ष देवेन्द्र भण्डारी ९रवी०ले मोटरसाइकल खरिदका लागि विनियोजन भएको रु दुई लाख ५० हजार रकमान्तर गरेर निजी धारा जडानका लागि अनुदान उपलब्ध गराएको बताउनुभयो ।

सिङ्गामा लिफ्ट सिँचाइ

बेनी नगरपालिकाले वडा नं। ४ सिङ्गामा लिफ्ट प्रविधिको सिँचाइ आयोजना निर्माण गर्ने योजना अघि सारेको छ । बस्ती तलको म्याग्दी नदीमा बगेर खेर गइरहेको पानी तानेर खेतीयोग्य जमीनमा सिँचाई गरी खाद्यबाली, तरकारी र फलफूल उत्पादन वृद्धि गर्ने नगरपालिकाको योजना छ् ।
सिँचाइको अभावमा खेतीयोग्य जमीन बाँझो बस्ने समस्या न्यूनीकरण गरी रोजगारी र आयआर्जनको अवसर सिर्जना गराउन लिफ्ट प्रविधिको सिँचाइ आयोजना अघि सारिएको वडाध्यक्ष गोविन्द्रप्रसाद पौडेलले बताउनुभयो । उहाँले चालु आर्थिक वर्ष २०७५÷७६ मा सिङ्गामा लिफ्ट सिँचाइ आयोजनालाई प्राथमिकताका साथ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

पाँचवटा लिफ्ट प्रविधिको सिँचाइ योजना निर्माण गर्न रु ३२ लाख विनियोजन गरिएको छ । सुर्केमेलालाई रु १० लाख, सिङ्गा कुना ताललाई रु नौ लाख, ठूलोखोलामा गतवर्ष शुरु भएको योजनालाई सम्पन्न गर्न रु तीन लाख र बास्कुनाको अधूरो सिँचाइ टङ्कीलाई पूर्णता दिन रु पाँच लाख विनियोजन गरेको वडाध्यक्ष पौडेलले बताउनुभयो । सर्वेक्षण गरी उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन गरिने भएको छ ।

विद्युतीय उपकरणको प्रयोग गरेर म्याग्दी नदीको पानीलाई तानेर खेतमा बाह्ै महिना सिँचाइ सुविधा उपलब्ध गराउने जनाइएको छ । सिङ्गा खाद्यबाली, तरकारी र फलफूलखेतीका हिसाबले सम्भावना बोकेको ठाउँ हो ।

म्याग्दीको इतिहास, संस्कृति र सम्पदा प्रकाशित

प्रा कर्णबहादुर बानियाँद्वारा लिखित “म्याग्दीको इतिहास, संस्कृति र सम्पदा” नामको पुस्तक प्रकाशन भएको छ । इतिहासमा विद्यावारिधी गर्नुभएका प्रा बानियाँले म्याग्दी जिल्लाको इतिहास, संस्कृति र सम्पदाको विषयमा अनुसन्धनात्मक लेखसहितको पुस्तक प्रकाशन गर्नुभएको हो ।

पाँच वर्षको अध्ययनपछि विभिन्न तथ्य सङ्कलन गरेर तयार पारिएको पुस्तक म्याग्दीको इतिहास, संस्कृति र सम्पदाको बारेमा जानकारी लिन चाहनेका लागि उपयोगी हुने बताइएको छ । पुस्तकमा प्राचीन, मध्य आधुनिक कालमा म्याग्दीको इतिहास, राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक, प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाको बारेमा उल्लेख गरिएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री