शनिबार, ८ वैशाख २०८१

नगरपालिका संघको अध्यक्षमा ब्याञ्जु निर्वाचित

समयपोष्ट २०७५ भदौ १५ गते ७:३९

काठमाडौँमा सम्पन्न नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement

यही भदौ १२ देखि १४ गतेसम्म भएको सम्मेलनले सर्वसम्मत रुपमा ब्याञ्जुको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको सङ्घका कार्यालय सचिव कलानिधि देवकोटाले जानकारी गराउनुभयो ।

सङ्घका उपाध्यक्षमा बेलकोट नगरपालिकाका उपप्रमुख कबिता ढुङ्गाना, महासचिवमा, नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गाना, उपमहासचिवमा जनकपुर उपमहानगर प्रमुख लालकिशोर साह, कोषाध्यक्षमा तुलसीपुर उपमहानगरका दाङका प्रमुख घनश्याम पाण्डे र सहकोषाध्यक्षमा काठमाडाँै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी निर्वाचित हुनुभएको छ ।

सम्मेलनले सातै प्रदेशमा प्रदेश संयोजकसमेत तोकेको छ । प्रदेश नं १ मा इलाम नगरपालिका प्रमुख महेश बस्नेत, प्रदेश नं २ मा परोहा नपा रौतहटका प्रमुख शेख वकिल, प्रदेश नं ३ मा भीमेश्वर नपाका प्रमुख भरत केसी, , गण्डकी प्रदेशमा पालुङटार नपाका प्रमुख दीपकबाबु कँडेल, प्रदेश नं ५ मा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराजा सुवेदी, कर्णाली प्रदेशमा नारायण नपा दैलेखका प्रमुख रत्नबहादुर खड्का र प्रदेश नं ७ मा पाटन नपा दैलेखका प्रमुख केशरबहादुर चन्द रहनुभएको छ ।

सम्मेलनले राप्ती नगरपालिका चितवनका प्रमुख प्रभा बरालको संयोजकत्वमा १४ सदस्यीय महिला विभाग गठन गरेको छ । सम्मेलनमा ६ महानगर, ११ उपमहानगर र २७६ नगरपालिकाका प्रमुख र उपप्रमुख गरी ५४६ जनाको सहभागिता थियो । यसअघि सङ्घको अध्यक्षमा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री