शनिबार, ८ वैशाख २०८१

ग्यास र पेट्रोल पाइपलाइन विस्तार गर्न भारतले सघाउने

समयपोष्ट २०७५ भदौ १५ गते ०:५६

खाना पकाउने (एलपी) ग्यास, प्राकृतिक ग्यास र पेट्रोल पाइपलाइन विस्तार परियोजनामा भारतले नेपाललाई सघाउने भएको छ ।

Advertisement

आजको नागरिकमा खबर छ,भारतको पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवबीच बुधबार भारतमा सम्पन्न उच्चस्तरीय बैठकमा भारतले यस्तो प्रतिवद्धता जनाएको हो ।

निर्माणाधीन मोतिहारी रक्सौल अमलेखगन्ज पेट्रोल पाइपलाइनलाई चितवनसम्म विस्तार गर्न, खाना पकाउने एलपीजी र प्राकृतिक ग्यासको पाइपलाइन नेपालसम्म निर्माण गर्न सघाउने प्रतिवद्धता भारतले जनाएको हो ।

हवाइ इन्धन भर्ने १५ वटा रिफ्युलर इन्डियन आयल कर्पोरेसन(आइओसी)ले खरिद गरेकै मूल्यमा दिने र जनकपुरमा पेट्रोलियम ट्रेनिङ सेन्टर अनुदानमा निर्माण गरिदिने पनि सहमति भएको छ ।

भारतका पेट्रोलियम मन्त्री प्रधानले इन्धन आपूर्ति र ढुवानीको पूर्वाधार निर्माणमा सघाउने प्रतिवद्धता जनाएको आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री