शुक्रबार, ७ वैशाख २०८१

सम्मेलनपूर्व शितल निवासमा दिवाभोज

समयपोष्ट २०७५ भदौ १४ गते ९:००

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छ वटै मुलुकका सरकार तथा राष्ट्रप्रमुखको स्वागतमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिवा भोजको आयोजना गरेकी छन् । बिहीबार शुरु हुने शिखर सम्मेलनपूर्व राष्ट्रपति भण्डारीले शितल निवासमा दिवा भोजको आयोजना गरेकी हुन् ।

Advertisement

बिहीबार मध्यान्ह राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका सरकार तथा राष्ट्रप्रमुख शितल निवास पुगे ।
उनीहरुलाई राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेल, राष्ट्रपति कार्यालयका सचिव विनोद केसीलगायतले कार्यालयमा स्वागत गरेका थिए । भेटवार्तापछि प्रधानमन्त्री के केपी शर्मा ओली सहित सातै राष्ट्रका राष्ट्रका राष्ट्राध्यक्ष तथा सरकार प्रमुख भोजमा सरिक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री