शुक्रबार, ७ वैशाख २०८१

बिमस्टेक मन्त्रीस्तरीय बैठक सम्पन्न, आजको बैठकमा के-के भए ?

समयपोष्ट २०७५ भदौ १३ गते ९:४२

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विटर मार्फत बैठक सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका हुन् । सम्मेलन आयोजक राष्ट्रका हैसियतमा बैठकको अध्यक्षता ज्ञवालीले गरेका थिए ।

Advertisement

बैठकमा बिमस्टेकका महासचिवको प्रतिवेदन, भोलिदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश गरियो ।

बैठकले बिमस्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण गरेको छ । आजको बैठकबाट नेपालले बिमस्टेकको परराष्ट्र मन्त्रीस्तरीय अध्यक्षता श्रीलङ्कालाई हस्तारन्तरण गरेको छ ।

बैठकमा बङ्गलादेशको नेतृत्व विदेशमन्त्री अबुल हसन महमुद अलि र भारतको प्रतिनिधित्व बाह्य मामिला राज्यमन्त्री भिके सिंहले गरेका थिए ।

यसैगरी म्यान्मारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय बैठकमा सहभागी थिए । भुटानको तर्फबाट विदेश सचिव सोनाम छोङले प्रतिनिधित्व गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री