बुधबार, १२ वैशाख २०८१

संगैको साथीलार्इ कुटपिट, यसरी भयो राजबिराजमा मेला हेर्न गएकी २० बर्षिया युवतीको सामुहिक बलात्कार

समयपोष्ट २०७५ भदौ १२ गते ९:१०

सप्तरीको राजबिराजमा एक युवती सामुहिक बलात्कारको सिकार भएकी छिन् । रक्षाबन्धनको अवसरमा लागेको मेला हेर्न गएकी २० वर्षीया युवतीलाई ६ जनाले बलात्कार गरेका हुन् । घटनाक्रमअनुसार दाजुभाइलाई रक्षाबन्धन बाँधिदिएर उनी साथीसंगीसँग मेला हेर्न अर्नाहा गएकी थिइन् ।

Advertisement

आइतबार दिउँसो युवती साथीको साइकल पछाडि बसेर घर जाँदै थिइन् । कठौनानजिक पुगेपछि मादक पदार्थ सेवन गरेका ८–१० जनाले साइकल रोकेर युवतीलाई जिस्क्याउन थाले । साथीले प्रतिवाद गरेपछि उनलाई उक्त समूहले कुटपिट गरेर साइकल र मोबाइल खोसेको जनाइएको छ ।

उनका अनुसार होहल्ला भएपछि अभियुक्तका आफन्तले नै उनीहरुलाई उम्काए । साथै मध्य राती प्रहरीलाई हारगुहार गर्दा प्रहरीले वास्ता नगरेको आरोप लगाएका छन् ।

उनका अनुसार रातको अढाई बजे प्रहरी टोली घटनास्थलतर्फ लागे पनि अभियुक्तले स्थान परिवर्तन गरिसकेकाले युवती भेटिएनन् । सोमबार बिहान ५ बजे उज्यालो हुन लागेपछि बलात्कारीले छाडेको पीडितले बताइन् ।

खोजीका क्रममा प्रहरीले सोमबार बिहान दुई जना र दिउँसो थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । एसपी राजेन्द्र विष्टले पक्राउ परेका दुई जना घटनामा प्रत्यक्ष र दुई जना कुटपिटमा संलग्न रहेको पाइएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री