शुक्रबार, १६ चैत २०८०

म्यान्मारका राष्ट्रपति आजै काठमाडौँ आइपुग्ने,भारत र बंगलादेश अन्तिममा

समयपोष्ट २०७५ भदौ १२ गते ६:३९

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका राष्ट्र प्रमुखहरु आजबाट काठमाडौँ आउँदैछन् । म्यान्मारका राष्ट्रपति विन मिन्ट मंगलबार दिउँसो २ः४५ बजे काठमाडौ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

त्यसैगरी बुधबार श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना बुधबार २ः३५ बजे, भुटानको काम चलाउ सरकारका प्रमुख छिरिङ वाङचुक बिहान ८ः०५ र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत बिहान १०ः १५ बजे काठमाडौं आइपुग्नेछन् ।

त्यस्तै भदौ १४ गते बिहीबार ८ः३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष विमानमार्फत काठमाडौ आइपुग्नेछन्र । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिहान ९ः१५ बजे काठमाडौं आइपुग्नेछिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री