बिहीबार, १३ वैशाख २०८१

पाँच लाख राहत

समयपोष्ट २०७५ भदौ १२ गते ५:३३

दाङमा कामको सिलसिलामा करेन्ट लागेर मृत्यु भएका कार्यालय सहयोगीको परिवारलाई विद्यालयले रु पाँच लाख राहत उपलब्ध गराएको छ ।

Advertisement

तुलसीपुर उपमहानगरपालिका–११ स्थित अमर माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय जोगिलाल चौधरीको सोमबार मृत्यु भएको थियो । विद्यालय व्यवस्थापन समितिको बैठकले चौधरीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरिएको प्रधानाध्यापक पदमप्रसाद न्यौपानेले जानकारी दिनुभयो । चौधरीको परिवारका एक सदस्यलाई विद्यालयले रोजगारीसमेत दिने भएको छ । चौधरीको उरहरी चोकमा ब्यानर टाङ्ने क्रममा करेन्ट लागेर मृत्यु भएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री