शनिबार, ८ वैशाख २०८१

मस्र्याङ्दी नदीको बाढीले बस्ती जोखिममा

समयपोष्ट २०७५ भदौ ११ गते ८:२७

मनाङ, मस्र्याङ्दी नदीको बाढीले कटान गरी चामे– बँेसीशहर सडक भासिएको छ ।

Advertisement

पहिरोका कारण चामे गाउँपालिका–३ का बासन्दा त्रसित छन् । बाढीले निरन्तर कटान गरिरहेको छ । पहिरो खस्न थालेपछि बस्ती जोखिममा छ । स्थानीयवासीले बस्ती जोगाउन स्थानीय तहलाई गुहारेका छन् । यहाँ १५ दिनदेखि पहिरो बगिरहेको छ । बस्ती जोगाउन गाउँपालिकाको सहयोगमा तारजालीको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताउनुभयो ।

“पहिरो निरन्तर बगेकाले काम गर्न कठीनाइ भएको छ,” उहाँले भन्नुभयो । सवारीसाधन मुश्किलले सञ्चालन गर्न सकिएको प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताउनुभयो । सडक मर्मत गर्न दीर्घकालीन योजना बनाउनुुपर्ने उहाँको भनाइ छ । दिनहुँ बाढीले कटान गरेका कारण यहाँका बासिन्दालाई अन्यत्र सार्नुपर्ने स्थानीयवासी पासाङ विष्ट बताउनुहुन्छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री