बिहीबार, १३ वैशाख २०८१

निर्मला हत्या प्रकरण: प्रधानमन्त्रीनै लागेपछि अब कसरी उम्केलान् अपराधी

समयपोष्ट २०७५ भदौ ११ गते ६:५१

प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाको प्रभावकारी अनुसन्धानका लागि केन्दीय अनुसन्धान ब्युरो (सीआईबी)लाई परिचालन गरिएको बताएका छन् । सोमबार बिहान मुख्य सञ्चारमाध्यमका सम्पादकहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीले घटनालगत्तै भएको प्रहरी अनुसन्धान प्रति शंका उब्जेकाले सिडिओ, डिएसपी र एसपीलाई फिर्ता बोलाइएको समेत बताए । उनले भने,‘पीडितका वुवासँगको सोधपुछका क्रममा शंकास्पद गतिविधि भएको हामीले पाएका छौ,’ उनले भने, त्यसैकारणे सिडिओ, डिएसपी र एसपीलाई फिर्ता बोलाइएको हो । मूख्य अपराधी पक्राउ गर्न कुनै पनि कसर वाँकी राख्ने छैनौ ।’

प्रधानमन्त्री ओलीले घटना त्राशदीपूर्ण भन्दै अपराधी पक्राउ गर्न सरकारले कुनै कसर नराख्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री