बुधबार, १२ वैशाख २०८१

संसद बैठक चलिरहँदा सुजाताले यस्तो हर्कत देखाएपछि…..

समयपोष्ट २०७५ भदौ १० गते ११:१७

सभामुख कृष्णबहादुर महराले संसदमा बाटो नकाट्न सांसदहरुको ध्यानाकर्षण गराए । आइतबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सांसदहरुले बोलिरहँदा कांग्रेस सांसद सुजाता कोइरालासहितका केही सांसदहरुले ओहोरदोहोर गरेपछि सभामुख महराले यस्तो ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

सभामुख महराले भने,‘माननीय सदस्यहरु बोलिरहेको बेलामा माननीय सदस्यहरुको अगाडि क्रस गर्न मिल्दैन्, प्रतिनिधिसभा नियमावली अनुसार । धेरैजसो माननीय सदस्यहरुले यो नियमलाई अनुसरण गरेको देखिएन्’, उनले भने, ‘अब आइन्दा यो नियमलाई कडाइपूर्वक यहाँहरुले पालना गर्नुहुनेछ भन्ने विशेष अनुरोध गर्न चाहन्छु ।’

प्रतिनिधिसभा नियमावली २०७५ को दफा २० मा सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने उल्लेख छ । त्यस्तै सो दफामा सभामुखको आसन तथा बोलिरहेका सांसदको बीचबाट हिँड्न र सभामुखको आसनतर्फ पिँठ्यु फर्काएर बस्न नहुने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री