शुक्रबार, १६ चैत २०८०

सामुदायिक वन–गरीबी निवारणमा सहयोग

समयपोष्ट २०७५ भदौ १० गते ९:५२

विराटनगर, मोरङ उत्तरी क्षेत्रको मिक्लाजुङ गाउँपालिका–५ की तिलमाया थापाले सामुदायिक वनबाट एक वर्षे निब्र्याजी ऋण लिएर बाख्रा पालन शुरु गर्नुभयो । त्यसबाट उहाँले राम्रो आयआर्जन गर्न थाल्नुभएको छ ।

Advertisement

गरीबी निवारण कार्यक्रमअन्र्तगत उक्त गाउँपालिका –५ स्थित श्री नमूना हरियाली सामुुदायिक वनले निब्र्याजी ऋण प्रदान गरेपछि सो क्षेत्रमा वनसँग जोडिएका उपभोक्ताको जीवनस्तरमा सुुधार आउन थालेको छ । सोही वडाकी एकल महिला गोमा सिटौलाले सामुुदायिक वनबाट रु ५० हजार लिएर थालेको व्यवसायबाट मुनाफा लिन थाल्नुभएको छ ।

यस्तै सामुुदायिक वनका अध्यक्ष थलबहादुुर कार्कीले ऋण लिएर छ माउ बाख्रा पाल्न शुुरु गर्नुुयो । अहिले उहाँसँग ४० भन्दा बढी खसी, बोका र बाख्रा छन् । कार्कीले त्यसबाट वार्षिक रु १ लाख बढी आम्दानी गरिरहनुभएको छ । उक्त गाउँका सबै परिवार सामुुदायिक वनले दिएको ऋणबाट पशुुपालन, व्यापार व्यवसाय गरी राम्रो आयआर्जन गरिरहेका छन् । सामुुदायिक वनमा ५३ परिवार जोडिएका छन् ।

सामुदायिक वनको आम्दानीको ३५ प्रतिशत रकम गरीबी न्यूनीकरणमा छुुट्याउनुुपर्ने प्रावधान छ । गत वर्ष गरीबी न्यूनीकरण गर्न रु १३ लाख बजेट छुुट्याएको सामुुदायिक वन गरीबी निवारण कार्यक्रमका संयोजक रुद्रबहादुुर थापाले बताउनुभयो ।

वनबाट काठ, दाउरा सुलभ रूपमा उपलब्ध भएको छ । अर्कोतिर निब्र्याजी ऋण प्रवाहको सुविधाले व्यवसाय गरी आयआर्जनमार्फत जीवनस्तर उकास्न उपभोक्तालाई सहज भएको छ । सामुुदायिक वनले स्थानीय जनतामा मात्र होइन, यस क्षेत्रको विकास निर्माणमा समेत योगदान गरेको छ । वडा नं ५ का पुुल पुुलेसा, कल्र्भट, सडक तथा कुुलो निमार्ण गर्नुुका साथै सामुुदायिक वनभित्र पोखरीसमेत निर्माण गरिएको छ ।

गत आर्थिक वर्ष ०७४÷७५ मा चार दशमलव पाँच किलोमिटर सडक ग्राबेल गर्नुका साथै एक किलोमिटर कुुलो निर्माण गरेर सिँचाइको सुविधा पुु¥याएको सामुुदायिक वनका अध्यक्ष कार्कीले बताउनुुभयो । जिल्ला वन कार्यालय मोरङका प्रमुुख डा विनोद देवकोटाले सामुुदायिक वनअन्तर्गतको सो कार्यक्रमले यस क्षेत्रको गरीबी निवारणमा प्रभावकारी भूमिका खेलेको बताउनुभयो । उहाँले व्यवसाय गर्न लिएको ऋणको सही सदुपयोग गर्दा यस क्षेत्रका जनताले आयआर्जन गर्न सकेको विचार व्यक्त गर्नुभयो ।

उहाँले सामुदायिक वनले वितरण गरेको बाख्रा, बङ्गुुर तथा भैसी पालेर आयआर्जन गर्दा अन्य क्षेत्रका लागि प्रेरणा मिलेको छ भन्नुभयो । वन क्षेत्रमा गाईवस्तुुलाई प्रयोग हुुने डाले घाँस उत्पादनमा जोड दिनुपर्ने देवकोटाको सुझाव छ । सो सामुुदायिक वनले वार्षिक रूपमा आफ्नो उपभोक्तालाई माउ बाख्रा, बंगुुर तथा भैसी वितरण गर्दै आएको छ । सामुुदायिक वनभित्रका ढलापडा रुख र काठ दाउरा बिक्री नै वनको आम्दानीको स्रोत हो । मोरङमा १३० बढी सामुुदायिक वन छन् । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री