आइतबार, १४ जेठ २०८०

मन्त्री आफैले राष्ट्र बैंकमा लगाए ताला

समयपोष्ट २०७५ भदौ १० गते ९:१९

सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले राष्ट्र बैंकमा तालाबन्दी गरेका छन् । प्रदेश २ का मन्त्री यादवले आइतबार आफैले बैंकको कार्यलयमा तालाबन्दी गरे ।

Advertisement

प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री