शुक्रबार, १६ चैत २०८०

हत्यारालाई कारवाही गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

समयपोष्ट २०७५ भदौ ९ गते ९:३८

कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न सरकारलाई दबाब दिँदै काठमाडौँको विभिन्न स्थानमा प्रदर्शन गरिएको छ ।

Advertisement

बलात्कारपछि हत्या गरिएकी किशोरी पन्तको हत्यारालाई पक्राउ गरी तत्काल कडा कार्वाही गर्न सरकारलाई दवाव दिँदै शनिबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म विरोध ¥यालीसहितको प्रर्दशन र भृकुटीमण्डपमा प्रर्दशन गरिएको हो ।

प्रर्दशनकारीहरुले बलात्कार गर्नेमाथि फाँसी दिने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।

सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रर्दशनमा महिला हिंसा, बलात्कार, हत्यालगायतका घटना दिनप्रतिदिन बढिरहँदा पनि शान्ति सुरक्षाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरिएको छ ।

त्यसक्रममा प्रर्दशनकारीहरुले नयाँ बानेश्वर चोकमा कञ्चनपुरकी किशोरी पन्तको हत्या भएको घटनालाई लक्षित गरेर सडक नाटक पनि प्रस्तुत गरेका थिए ।

उता, कञ्चनपुरमा पन्तको हत्याराको कार्वाहीको माग गर्दै भईरहेको विरोध प्रर्दशनले हिंसात्मक रुप लिएपछि सरकारले संयमित हुन त्यहाँका सर्वसाधारणलाई अपिल पनि गरेको छ ।

यता, शुक्रबार संघीय संसद र सरकारले पनि महिला हिंसा अन्त्य गर्ने संकल्प गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री