शुक्रबार, ७ वैशाख २०८१

पुरुषको भर्जिनिटी थाहा पाउने पाँच संकेत

समयपोष्ट २०७५ भदौ ९ गते ७:५५

त्यो दिन गयो जतिबेला मात्र महिलाको कुमारित्वका बारेमा प्रश्न सोधिन्थ्यो । २१औं शताब्दीका महिलाहरु बेडरुममा पनि आफ्नो नियम लागु गर्न थालेका छन् ।

Advertisement

युवतीहरु र महिलाहरुको कुमारित्वसँग सम्बन्धित कुरा सदियौंदेखि प्रश्नको घेरामा रह्यो। तर अहिले समय यस्तो आयो कि महिलाहरुले पनि पुरुषको भर्जिनिटीमाथि प्रश्न उठाउन थालेका छन् । त्यसैले यहाँ ती पाँच संकेत उल्लेख गरिएको छ जसको माध्यमबाट तपाई निकै सजिलैसँग आफ्नो पुरुष पार्टर भर्जिन छ कि छैन थाहा पाउन सक्नु हुनेछ ।

तत्काल अर्गेज्म महशुस

यौन सम्पर्कका क्रममा हुने अर्गेज्म, हस्तमैथुनका क्रममा हुने अर्गेज्मभन्दा कयौ बढी इन्टेस हुन्छ । यस्तोमा यदि कुनै पुरुष भर्जिन छ भने उसलाई निकै चाँडो र अनियन्त्रित अर्गेज्म महशुस हुन्छ । यदि तपाई कुनै यस्तो पुरुषसँग डेट गरिरहनु भएको छ जो चाँडै चरमोत्कर्षमा पुग्दछ, त्यसो हो भने सम्भावना छ कि उक्त पुरुष भर्जिन छ ।

यदि निस्कियो रगत

हो, तपाई सही सुन्नु भयो । मात्र महिलाहरुकै होइन, पहिलोपटक यौन सम्पर्कका क्रममा कतिपय अवस्थामा पुरुषको पनि रगत निस्कन्छ । त्यसो त त्यस्ता पुरुष निकै कम हुन्छन् तर कतिपय अवस्थामा जुन पुरुषको फोरस्किन टाइट हुन्छ, उनीहरुको पहिलो इन्टरकोर्सका क्रममा रगत निस्कन्छ । यसक्रममा निकै बढी रगत त निस्कँदैन तर केही थोपा देखिन सक्छ ।

के गर्ने केही थाहा नहुनु

यदि तपाई कुनै यस्तो पुरुषका साथमा हुनुहुन्छ, जसलाई थाहा छैन कि बेडमा के गर्ने हो, कसरी सुरु गर्ने हो, तपाईलाई नाङ्गो देखेर उ हडबडाइरहेको छ भने पनि पूरै सम्भावना रहन्छ कि तपाईको पार्टनर भर्जिन छ । किनभने अनुभवी पुरुष यसप्रकारको व्यवहार देखाउँदैनन् ।

फोरप्लेका बारेमा थाहा नहुनु

यदि तपाई यौन क्रियाका क्रममा पूर्णरुपमा आत्मसन्तुष्टि चाहनु हुनछ भने यसमा फोरप्लेले सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यदि तपाईको पार्टनरलाई फोरप्लेका बारेमा केही पनि थाहा छैन भने हुन सक्छ उ पहिलोपटक यौन सम्पर्क गरिरहेको छ । त्यसैले यसलाई यसबारे कुनै जानकारी छैन।

अनजान व्यवहार गर्नु

यदि तपाईको पार्टनर बेडमा कुनै प्रकारको कुराकानी गरिरहेको छैन भने यो पुरुष भर्जिन भएको उत्तम संकेत हो । नयाँ पार्टनर्सका साथ अक्सर मानिसहरुलाई विचित्र महशुस हुन्छ । तर यदि तपाईको पार्टनर तपाईलाई नाङ्गै देखेर विचित्र महशुस गरिरहेको छ भने यसको मतलब उ पहिलोपटक सेक्स गर्दैछ भन्ने पुष्टि हुन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री