शुक्रबार, ७ वैशाख २०८१

नेपालको जलविद्युत् क्षेत्रमा बंगलादेशले लगानी गर्ने

समयपोष्ट २०७५ साउन २५ गते ६:४३

दक्षिण एशियाली मुलक बंगलादेश समेत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक देखिएको छ । छिमेकी मुलुक चीन र भारतको नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न होडबाजी चलिरहदा बंगलादेश पनि तयार देखिएको हो ।

Advertisement

हालसम्म बंगलादेशबाट जलविद्युत् क्षेत्रमा ठूलो प्रत्यक्ष वैदेशिक लगानी आएको छैन । जलविद्युत् क्षेत्रमा सहकार्य गर्न सहयोग आदान शुक्रबार द्विपक्षीय ‘इनर्जी को–अपरेसन’ सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर हुँदैछ । समझादारीपत्रमा हस्ताक्षर गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद काठमाडौ आइसकेका छन् ।

शुक्रबार दुई देशबीच मन्त्रीस्तरीय वार्ता हुनेछ । नेपाली टोलीको नेतृत्व उर्जामन्त्री वर्षमान पुनले गर्ने कायर्क्रम छ । बंगलादेशले जनार्दन शर्मा ऊर्जामन्त्री भएकै समयमा नै नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव राखेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री