बिहीबार, १५ चैत २०८०

ज्योति विकास बैंकको नयाँ शाखा झापाको विर्तामोडमा

समयपोष्ट २०७५ साउन २० गते १०:४६

ज्योति विकास बैंकले झापाको विर्तामोडमा नयाँ शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकको डपुटी गभर्नर चिन्तमणि शिवाकोटी तथा बैंकका संचालक धुव्र कोईरालाले संयुक्तरुपमा गरे । बैंकले हाल ६० वटा शाखा कार्यालय तथा २० वटा एटिएममार्फत बैंकिङ सुविधा पुर्याउदै आएको छ।

Advertisement

बैंकले चालु आर्थिक वर्षमा नयाँ ३० वटा शाखा कार्यालय तथा थप २७ वटा एटिएम संचालनमा ल्याउने योजना बनाएको जनाएको छ । हाल बैंकले ६० वटा शाखा कार्यालय,२० वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । बैंकको हालको चुक्ता पूँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

बैंकले हालसम्म एक लाख ५० हजारभन्दा धेरै खाताबाट १९ अर्ब ५४ करोड रुपैयाँ निक्षेप संकलन गरि १६ अर्ब १० करोड रुपैयाँ ऋण लगानी गरेको बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री