माउन्टेन र घलेम्दी जलविद्युतको आईपिओमा आवेदन दिनुभयो ?
माउन्टेन हाइड्रो नेपाल लिमिटेड र घलेम्दी जलविद्युत आयोजनाले निष्काशन गरेको साधारण सेयर (आईपिओ) मा आवेदन दिने आज अन्तिम मिति रहेको छ ।
माउन्टेन र घलेम्दीले असार २२ गतेदेखि छिटोमा साउन ४ र ढिलोमा साउन २० गतेसम्मका लागि आर्इपिओ जारी गरेका थिए । माउन्टेनले आयोजना प्रभावित पाँचथरका स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता तथा घलेम्दीले म्याग्दी स्थित अन्नपूर्ण गाउँपालिकाका स्थानीयबासीका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता कित्ता आईपिओ निष्काशन गरेको थियो ।
माउन्टेनले १२ लाख ५० हजार कित्तामध्ये ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि तथा ५ लाख कित्ता पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाई निष्काशन गरेको हो।
आइपिओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । माउन्टेनको आईपिओमा न्युनतम ५० देखि अधिकतम ६००० हजार कित्तासम्म आवेदन गर्न पाइनेछ ।
आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपिओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै घलेम्दी हाइड्रोकोले आयोजना प्रभावित क्षेत्र म्याग्दीका स्थानिय बासिन्दालाई १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँ बराबरको ५ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गरेको हो । यो आईपिओ ३ वर्षसम्म शेयर बिक्री गर्न नपाउने शर्त राखेर स्थानीयलाई शेयर आवेदन खुलाएको हो ।
जसमा न्युनतम ५० देखि अधिकतम दुई हजार ७५० कित्तासम्म आवेदन दिन पाइने व्यवस्था गरिएको छ । घलेम्दीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । स्थानीयबासीले म्याग्दीको ग्लोबल आइएमई बैंक, प्रभु बैंक, गरिमा विकास बैंक, माछापुच्छ्रे बैंक र आयोजना प्रभावितलाई तोकिएको स्थानबाट शेयर आवेदन दिन सक्नेछन् ।
पहिलो चरणमा आयोजना प्रभावितका लागि शेयर जारी गरेपछि कम्पनीले ११ लाख कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नेछ ।
प्रतिक्रिया