शनिबार, ८ वैशाख २०८१

ग्लोबल आइएमईको नाफा ४.८९ प्रतिशतले बढ्यो

समयपोष्ट २०७५ साउन १८ गते १०:११

नयाँ लेखा प्रणाली नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार ग्लोबल आइएमई बैंकले वित्तिय विवरण सार्वजनिक गरेको छ ।
एनएफआरएस अनुसार सार्वजनिक वित्तिय विवरण अनुसार ग्लोबल आइएमइ बैंकको नाफामा ४.८९ प्रतिशतको बृद्धि देखिएको छ । बैंकले एक अर्ब ९८ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

Advertisement

अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले १ खर्ब ६ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९३ अर्ब ३७ करोड रुपैयाँकर्जा लगानी गरेको छ । ब्याजबाट ३ अर्ब ८० करोड रुपैयाँ आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा घटेर ०.६९ प्रतिशतमा झरेको छ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३० पैसा तथा प्रतिसेयर नेटवर्थ १६५.९९ पैसा र मूल्य आम्दानी अनुपात १३.०१ गुणा कायम भएको छ । बैंकको आधार ब्याजदर १०.५५ प्रतिशत र कोषको लागत ७.०४ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री