शुक्रबार, १६ चैत २०८०

एनआइसी एसिया र सिटिजन्स बैंकको यस्तो आयो चौथो त्रैमासको वित्तिय विवरण

समयपोष्ट २०७५ साउन १८ गते ९:५८

एनआइसी एसिया र सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
एनआइसी एसियाले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा एनएफआरएसमा देखिए अनुसार एक अर्ब ४९ करोड ६६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । पुरानो प्रणाली अनुसार १ अर्ब १९ करोड रुपैयाँ नाफा देखिन्छ । गत वर्ष १ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले असार मासन्तसम्म १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष ८६ अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । यस बैंकले १ खर्ब २१ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ ऋण लगानी गरेको छ । एनआइसीले ३ अर्ब ९६ करोड १० लाख रुपैयाँ ब्याजबाट आम्दानी गरेको छ । असारमसान्त सम्म बैंकको प्रतिसेयर आम्दानी १८.९४ रुपैयाँ छ ।

Advertisement

त्यस्तै सिटिजन्स बैंकले ३०.२१ प्रतिशतले नाफा बृद्धि गरेको छ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा १ अर्ब ४० करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो बर्षको यसै अवधिमा बैंकले १ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले खुद ब्याज आम्दानी २ अर्ब ८ करोड ६७ लाख रुपैयाँ गरेको छ । ६१ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेको यस बैंकको ५७ अर्ब ९५ करोड रुपैयाँ पुर्याएको छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री