आइतबार, ४ साउन २०८२

पन्च इभिको नेपालमा उत्साहजनक सुरुवात, १ सय बढी गाडी बुकिङ्ग

समयपोष्ट २०८१ भदौ १२ गते २१:०२

टाटा इभि नाडा अटोशो २०२४ मा बिक्रि सुरु गरेको टाटा पन्च इभिको नेपालमा उत्शाहजनक सुरुवात भएको छ ।

बिक्रि सुरु गरेको पहिलो दिनमै नेपालभरी १००+ बुकिङ्ग भएको कम्पनिले जनाएको छ । कम्पनिले केही दिन अघि बाट टाटा पन्च इभिको प्रि–बुकिङ्ग सुरु गरिसकेको थियो । टाटा पन्च इभी शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको पनि घोषणा गरेको छ ।

सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापति बताउनुहुन्छ, “ टाटा पन्च इभिलाई लिएर नेपालमा जुन प्रकारको उत्साह थियो, त्यो बुकिङ्गमा पनि देखिएको छ । विगतमा पनि टाटा मोटर्सले सधै नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको छ र यो पन्च इभिको सकारात्मक सुरुवात देखेर यसमा सफल भएको महसुस गरेका छौ । गत वर्ष नाडाबाटै बिक्रि सुरु गरिएको टियागो इभि नेपालको सर्वाधिक बिक्रि हुने इभि ह्याचब्याक बन्न सफल भएको थियो र पन्च इभिले पनि नेपालमा राम्रो बजार लिनेमा हामी विश्वस्त छौ ।”

यसको साथै टाटा इभि नाडा अटोशो २०२४ टियागो इभिको हरेक बुकिङ्गमा ग्राहकहरुले जोडीको लागि थाइलेडं यात्रा पाउनका साथै ग्राहकहरुले १ वर्षको सवारी कर र एक्सेसरिज प्राप्त गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री