सोमबार, ५ साउन २०८२

नेप्सेमा आयो ‘बुल’

समयपोष्ट २०८१ भदौ १२ गते १५:५४

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राँगणमा आज साँढे (बुल)को प्रतिमा ल्याइएको छ।

ललितपुरको पाटनका नेपाली कालीगढाहरुले बनाएको साँढेको प्रतिमा नेप्सेको प्राँगणमा ल्याइएको हो।

विश्वका स्टक एक्सचेन्जहरुमा साँढेको प्रतिमा राख्ने प्रचलन छ। नेपालको स्टक एक्सचेन्जमा भने पहिलोपटक साँढेको प्रतिमा स्थापना गर्ने तयारी गरिएको हो।

नेप्सेको पूर्वाधार निर्माण परियोजनाअन्तर्गत नै साँढेको प्रतिमा बनाउन लगाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। उनका अनुसार यो परियोजना १ करोड ४८ लाख रुपैयाँ, त्यही बजेटभित्र साँढेको प्रतिमा पनि बनाउने काम भएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री