बिहीबार, १३ वैशाख २०८१

बैकिङ क्षेत्र आत्तिइहाल्नु पर्ने अवस्थामा छैन

समयपोष्ट २०७३ साउन २४ गते ७:२०

उपेन्द्र पौडेल,सीईओ, एनएमबी बैंक,अध्यक्ष, नेपाल बैंकर्स संघ
तराई आन्दोलनले बैंकिङ क्षेत्रमा पारेको आन्तरिक प्रभाव
प्रभाव त नकारात्मक नै छ । राम्रोसँग उद्योग व्यवसाय चल्न नसकिरहेको अवस्थामा बैंकिङ क्षेत्रमा नकारात्मक असर निश्चय नै पार्छ । यसपछि हामीले बैंकको इन्टर्नल जुन रेगुलर कारोबार छ, त्यसलाई सुचारु गर्नुपर्ने हाम्रो चुनौती थियो । फ्युल नभएका कारणले सिष्टम चल्न सकेन भने बैंकिङ सेवा अवरुद्ध हुन सक्ने अवस्था थियो । त्यसलाई जसोतसो हामी बैंकर्स संघले बेलुकाको समय घटाएर भए पनि अहिलेसम्मलाई बैंकिङ सेवा दिइराखेका छौं । यहीबीचमा फेरि लोडसेडिङ बढ्दै गयो । त्यसपछि जेनेरेटर चलाउनुपर्ने समय पनि अझ बढ्दै गएको कारणले हामीलाई डरको अवस्था थियो । तर, अहिलेसम्म जसोतसो गरेर चलाइरहेका छौं । केही हदसम्म आयल निगमले सहयोग गरिरहेको पनि छ । राष्ट्र बैंक, अर्थ मन्त्रालयले पनि भनिदिएको छ । सरकार, राष्ट्र बैंक र आयल निगमलाई पनि धन्यवाद दिनुपर्छ । यस्तो अवस्थामा हामीलाई सेवा अवरुद्ध नहोस् भनेर यसको संवेदनशीलता बुझेर जुन प्रोफेन्सियल यालुुमुनेयसन गर्दिनुभयो, त्यसका लागि हामी उहाँहरूप्रति आभारी छौं । त्यो हाम्रा लागि सबैभन्दा ठूलो च्यालेन्ज थियो । अरू कुराहरू भनेको बिस्तारै मिलाउँदै पनि जान सकिन्छ । तर, हाललाई भने बैंकिङ सेवा अवरुद्ध हुनुहँदैन । त्यसमा हामी आजसम्मको दिनमा सफल भएका छौं ।

Advertisement

उद्योग व्यवसायमा परेको प्रभाव र बैंकको कर्जा जोखिम
उद्योग व्यवसाय बन्द भएपछि उनीहरूको खर्च बढेको र नाफा घटेको छ होला । कतिपय उद्योग व्यवसायहरू नोक्सानमा गएका होलान् । होटल व्यवसाय त्यस्तै छ । पोखरामा विदेशी अनुहार देख्नै गाह्रो छ । त्यस्तो अवस्थामा कर्जा सर्भिस कसरी गर्न सक्छौं भन्नमा प्रश्न उठेको छ । त्यो मानेमा बैंकहरू उद्योग व्यवसायमा अलि राम्रो गर्न सकेन भने बैंकको कर्जाको गुणस्तरमा कमी आउन सक्छ । गुणस्तरमा कमी आउने भन्ने बित्तिकै बैंकको सर्टेन लेभलमा नोक्सान हुन सक्छन् । यी उद्योग व्यवसायको क्यास फ्लोमा इम्प्याक्ट भयो भने बैंकको ब्याज पनि सर्भिस गर्न सक्दैन । ब्याज सर्भिस गर्न सकेन भने हामीले नगदमा आम्दानी देखाउने कुरा गर्न सक्दैनौं र बैंकहरूले नोक्सानी बेर्होनुपर्ने स्थिति आउन सक्छ ।
अहिले पत्रपत्रिकामा आइरहेको जस्तो आत्तिनुपर्ने अवस्थामा हामी छौं जस्तो मलाई लाग्दैन । हामीले सकारात्मक सोच राख्नुपर्छ । कतिपय उद्योग व्यवसाय ठप्प भए होलान् । तर, अधिकांश उद्योग व्यवसाय चलिरहेका छन् । तराई बेल्टमा भएको उद्योग व्यवसायमा असर परेको होला अरूतिर चलिरहेका छन् । नेपालकै कच्चा पदार्थ प्रयोग गरेर चलाउने उद्योग त चलिराखेका छन् । खर्च बढेको होला, नाफा कम होला, कत्तिको अलिकति नोक्सानी पनि भएको होला । त्यसैले जुन हिसाबमा प्रस्तुत गरिएको छ, त्यो लेभलमा छैन । हाम्रा लागि चुनौतीको अवस्था हो । यस समस्याको समाधान समयमै गर्नु पनि पर्छ । समस्यालाई पनि हामीले धेरै म्याग्निफाइ गर्नुहुँदैन । त्योबाहेक सरकारले पनि सर्टेन प्याकेज ल्याउन खोजिरहेको छ । पुनर्उद्धार कोष नै खडा गर्ने भनेको छ । त्यसपछि केही उद्योगमा ब्याज अनुदान नै दिने भनिरहेको छ । अर्थमन्त्रीले घोषणा गरेका कुराको कार्यविधि आउँदै छन् । त्यसका मेजर स्टेक होल्डर बैंक नै हुन् । भोलि गएर बैंकले नै त्यो कोषमा कन्ट्रिव्युट गर्ने अप्सन राखिएको छ । त्यही पैसा लिएर हामीले कम ब्याजदरमा कर्जा दिने भनिरहेका छौं । त्यसले धेरै नै राहत दिन्छ । समग्र रूपमा म पोजेटिभ छु । हाम्रा ग्राहकसँग पनि बुझ्दा चिन्ताजनक अवश्य नै छ, तर अहिलेसम्म केही हदसम्म कन्ट्रोलमै छ ।
आत्तिनुपर्ने अवस्था छैन, जोखिम हरेक क्षेत्रमा हुन्छ
लगानी गर्ने हरेक क्षेत्रमा जोखिम हुन्छ । हामीले अंग्रेजीमा लोन दिएको सम्पत्तिलाई रिस्क एसेट नै भन्छौं । हाम्रो व्यवसाय नै जोखिम बेहोर्ने व्यवसाय हो । आजको दिनमा पनि म अलि पोजेटिभ नै छु । किनभने हाम्रा क्लाइन्टसँग हामीले सम्पर्क गरिरहेका छौं । सर्टेन लेभलमा काम भइरहेको छ । क्यापासिटी घटेको होला । शतप्रतिशतको ६० प्रतिशतमा आएको होला । सेभेन्टी पर्सेन्टमा चलाएको फोर्टी पर्सेन्टमा आएको होला तर काम भइरहेका छन् । कुनै कोर एरियामा बन्द छन्, त्यो नभएका होइनन् । त्यसले समग्र बैंकिङ सेक्टरको नोक्सान त गराउँछ । नाफा घटाउँछ । आजको दिनमा बैंकिङ सेक्टर धराशयी नै हुने अवस्थामा छैन । अझै दुई,चार महिना नै चले पनि धराशयी हुन्छ जस्तो लाग्दैन । तर, यसमा हामी सबैले संयमतापूर्वक काम गर्नुपर्छ । संयमताभन्दा आज हुन सक्ने लेभलमा बरोेअरलाई पनि हामीले अलिकति सुविधा र समय दिएर काम गर्नुपर्ने हुन्छ । केही हदसम्म राष्ट्र बैंकले पनि समय थपिसकेको छ । यो फेरि लम्बिएका कारणले गर्दा अलिकति समय लाग्ला । सस्टेन हुन सक्ने व्यापारमा हामीले समय दिएर भए पनि काम गर्नुपर्ने हुन्छ । हाम्रो अनुभवमा हेर्ने हो भने द्वन्द्वको समयमा नेपालको टुरिजम व्यवसाय पर्टिकुलर्ली होटल व्यवसाय धेरै नै खराब अवस्थामा थिए । भर्खर–भर्खर आएका होटल म्याक्सिमम नोक्सानमा पनि थिए । तर, आज उनीहरूको सेफ ल्यान्डिङ भइसकेको छ । हामी नेपालीको त्यो सहन सक्ने शक्ति जुन छ, सायद त्यो मेरो विचारमा कुनै पनि मुलुकमा छैन । हामी जस्तोसुकै कुरालाई पनि सकारात्मक रूपमा लिएर हिँड्न सक्छौं। त्यो १०,१२ वर्षको द्वन्द्वमा कति फ्याक्ट्री बन्द थिए, कति हडताल, बन्द, बम पड्किए, बाटो बन्द भए, त्यही पनि आज सबैले यी सबै कुरालाई बिर्सिएर पोजेटिभ अप्टिनिजममा अप्टिमिस्टिक भएर काम गरिहेका छन् । सबैले त्यतिबेला पनि काम सुचारु गरिरहेका थिए । अहिले पनि अलिकति आशावादी नै भएर यो संविधान आइसकेपछि राम्रो हुन्छ भनेर स्टक मार्केट कति उकालो चढिसकेको थियो । आजको दिनमा पनि यस्ता समस्यालाई मिलेर समाधान गरौं । बैंकको सर्टेन यासेटमा थ्रेट त छ तर क्रमशः हामी त्यसलाई व्यवस्थापन गर्दै जान्छौं ।

राष्ट्र बैंकको सकारात्मक भूमिका र नयाँ जोश
यस प्रश्नको उत्तर त्यति सजिलो छैन । हामीले याक्सटेन्सन गर्ने सेटलमेन्ट गर्ने कुरा सस्टेनेबल लेभलमा मात्रै हामीले गर्न सक्छांै । सस्टेनेबल लेभल छैन, कुनै बिजनेस भोलि गएर रिसेटलमेन्ट गर्दा पनि मैले अघि भने पनि पहिलाको प्रब्लम भइसकेको होटल व्यवसाय भोलि गएर आजको दिनमा राम्रो सञ्चालन गरेर सेफ ल्यान्डिङ भइसकेको छ । त्यो किसिमको अवस्था हुन सक्ने बेलासम्म त ठीक छ तर त्यो रहन सक्ने अवस्था छैन भने राष्ट्र बैंकले लचिलो नीति लिए पनि भोलि काउन्टर प्रोटेक्टिभ हुन सक्छ । त्यो लचिलो नीति कस्तो हुन्छ भने राष्ट्र बैंकले भूकम्पपछिकै पनि यस्ता कुराहरू बुझेर त्यो किसिमको रेस्पोन्स गरेको छ । आजको दिनसम्म राष्ट्र बैंकसँग हाम्रो कम्प्लेन छैन । हाम्रा इन्टर्नल सर्कुलरमा कहाँ के गर्नुपर्ने, अझै के गर्दा राम्रो हुने भन्ने इस्युज होलान् । तर, समग्र म्याक्रो लेभलमा राष्ट्र बैंकले पहिला पनि आज पनि राम्रै सहयोग गरेर अगाडि बढिरहेको छ । हामीसँग कन्सल्टेसन पनि भइराखेको छ । इभन राष्ट्र बैंकले नै इनिसियटिभ लिएर बोलाउनुभएको छ । हामी त्यसमा छलफलमा पनि छौं । तर, निश्चय नै के छ भने बरोअरलाई ब्याजका लागि पनि र लोन रिकमेन्टका लागि पनि केही समय दिनैपर्छ, त्यसमा राष्ट्र बैंकले पनि सकारात्मक रूपमा लिएको छ । त्यो हुन्छ पनि । त्योबाहेक जुन यो राष्ट्रिय पुनर्उद्धार कोष छ, त्यसलाई राम्रोसँग सञ्चालन गर्न सक्यौं भने कसलाई आवश्यक छ, त्यसलाई कम ब्याजदरमा फन्ड प्रोभाइड गरौं भन्ने कुरा आइसकेको छ । पाँच प्रतिशतमा लोन दिने र बैंकले साढे एक प्रतिशतमा त्यहाँबाट लिने । त्यसरी पाँच या छ प्रतिशतमा लोन लिँदा व्यवसायीलाई धेरै ठूलो राहत हुन्छ । त्योबाहेक धेरै इफेक्ट परेका व्यवसाय र प्रडक्टिभ सेक्टरलाई ब्याज अनुदानका कुरा पनि आइसकेको छ । त्यसले जुन सकारात्मक असर दिन्छ, यी सबै कुराले मेरो विचारमा सबै राम्रो हुन्छन् । यस्ता किसिमका प्याकेज भन्ने कुरा साइकोलोजिकल्ली बजेटिङ इम्प्याक्ट दिन्छ । कतिपय कुरा हामीले काम गर्दा अगाडि नै उत्साहित भएर गयौं भने त्यो काम पनि राम्रोसँग जान्छ । जुन प्याकेज आइरहेको छ अथवा राष्ट्र बैंकले पनि पोजेटिभ मुभ लिइरहेको छ, यसले व्यवसायीमा र बैंकिङ क्षेत्रमा पनि यसले फिलिङ पहिले नै दिइरहेको छ । यसलाई इम्प्लिमेन्ट गरे अर्को पचास प्रतिशत यसले रिजर्भ गर्छ यो नै पूरै सोलुसन त होइन । तर, कतिपय कुरामा राज्य छ, राष्ट्र बैंक छ है भनेर फिलिङ आउनेबित्तिकै नयाँ किसिमको जोश आउँछ । पचास प्रतिशत समस्या त त्यहींबाटै समाधान भइसक्छ । साइकोलोजिकल्ली नै सल्भ भइ सक्छ, त्यसकारणले यसमा म पोजेटिभ नै छु ।

ब्याजदर घट्दा अनुत्पादनशील क्षेत्रमा लगानी बढ्ने खतरा

भूकम्पपछि नै कर्जाको मागमा कमी आएको हो । आर्थिक क्रियाकलाप धेरै हुन सकिरहेको छैन । जुन रूपमा कर्जाको वृद्धि हुनुपर्ने हो, त्यो हुन सकेको छैन । कर्जा वृद्धिपछि आर्थिक क्रियाकलाप बढेर समग्र देशको आर्थिक वृद्धिलाई नै गति दिनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । आर्थिक वृद्धि घट्नेछ भन्ने कुरा कर्जाको वृद्धि नै हुन नसकेको कुराले पनि दिन्छ । अहिले मार्केटमा राष्ट्र बैंकले संचित गरेर डिपोजिटमा लिएको पैसा र अरू भएकोमार्फत लिक्विडिटीको हिसाब गर्ने हो भने लगभग दुई सय अर्बको लिक्विड फन्ड हामीसँग छ– मार्केटमा । नेटमा हेर्दा पचास अर्ब देखिन्छ राष्ट्र बैंकले डिपोजिट लिएको एक सय चालीस अर्बको हाराहारीमा छ । अरू पनि आईपीओको पैसा राष्ट्र बैंकले जम्मा गरेको छ । यी सबै हेर्दा दुई सय अर्बको छ । त्यो दुई सय अर्बको पैसाले नगन्य रूपमा रिटर्न दिइरहेको छ । बैंकिङ क्षेत्रका लागि त्यो धेरै ठूलो नोक्सानी हो । त्यसले गर्दा मार्केटमा ब्याजदर कम आइराखेको छ । हिस्टोरिकल्ली हेर्नुहुन्छ भने जुन समयमा ब्याजदर धेरै कम आउँछ, त्यसबेला अनप्रडक्टिभ सेक्टरमा लगानी हुन्छन् । प्रडक्टिभ अथवा अनप्रडक्टिभ भन्ने कुरालाई अलिकति व्यापक बनाउन जरुरी छ । हामी जहिले पनि के भन्यौं भने हाउजिङ सेक्टरमा गयो भने अनप्रडक्टिभ भयो कि भन्छौं । तर, तपाईंलाई घर चाहिन्छ, मलाई घर चाहिन्छ । त्यसलाई हामी प्रडक्टिभ भन्ने कि अनप्रडक्टिभ । अनप्रडक्टिभ भन्दा बढी स्पेकुलेटिभमा नजाओस् । घर–जग्गाको कारोबार पनि हुनैपर्छ । हामीकहाँ पूर्वाधारको पनि विकास हुनैपर्छ । कसैले कमर्सियल बिल्डिङ बनाउँछ भने त्यहाँ पनि बिजनेस याक्टिभिटिज गर्नका लागि आवश्यक छ । खाली चउरमा बसेर बिजनेस त गर्न सकिँदैन । पुँजी बजार, सेयरमा इन्भेस्टमेन्टमा जाला भन्यो त्यसलाई प्रडक्टिभ भन्ने कि अनप्रडक्टिभ भन्ने । केही हदसम्म बढी स्पेकुलेसनमा गयो । आज हाम्रो सेयर बजारको इनडेक्स चार सय हुनुपर्नेमा हजार बढी गएको छ भने त्यतिबेला अनप्रडक्टिभ भन्न सकिन्छ तर हजार हुनुपर्ने हजार छ अथवा एघार सय नै छ, त्यहाँसम्म लगानी भइरहेको छ भने पुँजी बजारको वृद्धि हुनु पनि जरुरी छ । आर्थिक वृद्धिका लागि लगानीकर्ताले पैसा लगानी गरेपछि भोलि गएर नयाँ–नयाँ उद्योग जन्मिन्छन् । त्यसपछि इप्लोइमेन्ट जनेरेसन हुने हो । यो सबैलाई हामीले कहीं न कहीं आत्मसात् गर्दै जानुपर्छ । अनप्रडक्टिभ अथवा प्रडक्टिभ होइन कि डाइरेक्टिली प्रडक्टिभ कि अनप्रडक्टिभ हो त्यो हेर्नुपर्यो। हाम्रो इन्डष्ट्री भएकोमात्र त्यो प्रडक्टिभ भन्न मिल्दैन । भोलि सेयर बजारमा लगानी हुँदै गयो, तिनीहरूले आफ्नो पैसाबाट नयाँ व्यवसाय गर्छ, इन्डष्ट्री राख्छ भने त्यो प्रडक्टिभमा जाने पैसा हो । त्यो पैसालाई कसरी प्रयोग भइरहेको छ भन्नेमात्र कुरा हो । स्पेकुलेसनमा बढी प्रयोग भएर अनावश्यक बबल क्रियट भएको छ भने त्यो अनप्रडक्टिभ होला । बबल क्रियट भएको छैन भने त्यसलाई रिइन्भेस्टमेन्ट भइरहेको हुन्छ । त्यसले अरू आर्थिक क्रियाकलापलाई जन्म दिन्छ भने डाइरेक्ट्ली इनडाइरेक्ट्ली भए पनि त्यसले अरू आर्थिक क्रियाकलाप इप्लोइमेन्ट जेनेरेसनमा त्यो पैसा प्रयोग हुन्छ भने त्यो प्रडक्टिभ भयो । यसलाई हामीले डिफाइन त्यसरी गर्नुपर्छ होला । यसमा हामी दुईवटा कुरामा मात्र कन्सर्न हुनुपर्छ जस्तो लाग्छ । एउटा क्यापिटल फ्लाइड हुनु भएन । पैसा बबलका लागि फाइनान्स हुनु भएन । त्यतातिर हामी सशंकित हुनुपर्छ । नभए जुनसुकै कुरामा लगानी हुन्छ भने पनि मेरो विचारमा धेरै ठूलो इस्यु होइन । यस्तो बेलामा सुनमा लगानी नहोस् । सुनमा लगानी अनप्रडक्टिभ हो । त्यतातिर हामी सशंकित हुनुपर्छ । रियल स्टेटमा लगानी गर्यो र आफूलाई चाहिने भन्दा बढी स्पेकुलेसनका लागि भोलि दिन्छु भनेर गर्यो भने त्यो अनप्रडक्टिभ भयो । फेरि त्यसलाई रियुज गरेर बिmीः गर्ने र त्यसबाट अरू किसिमका क्रियाकलाप हुन्छन् भने त्यो राम्रै कुरा हो । जब–जब इन्ट्रेस्ट रेट तल्लो लेभलमा आउँछ, त्यसबेला मान्छे स्पेकुलेसनमा जान्छ र कहीं न कहीं अनप्रडक्टिभ ठाउँमा लगानी हुन्छ ।
एनएमबीको मर्ज अनुभव र पुँजी वृद्धि
तीन महिनाअघि हाम्रो बैंकसँग चार संस्था गाभिएर एकीकृत कारोबार सुरु गरेका थियौं । हाम्रो अनुभव धेरै नै सकारात्मक रह्यो । यो मर्जर अलमस्ट फ्लोरिस्ड नै भयो । मर्जरपछि कारोबारको पहिलो दिनमा हाफ डेजसम्म अलिकति कन्फ्युजन, डेटा केही नमिलेकोजस्तो भएको थियो । हाफ डेभित्र ती सबै कुरा भयो र आजको दिनसम्म त्यस्तो कुनै किसिमको समस्या आएको छैन । इम्प्लिमेन्टेसन, प्रिपियरको हिसाबले मर्जर एकदमै राम्रोसँग भएको छ । मेरो अनुभवमा मर्जरमा तीनवटा कुरामा धेरै नै ध्यान दिनुपर्ने हुन्छ । एउटा मर्जरको अपरेसन सफलतापूर्वक हुनुपर्यो, ह्युमन रिसोर्सको इन्टिग्रसन प्रपर्ली हुनुपर्यो, अर्को मर्जरले सिर्नजिस्टिक बेनिफिट दिनुपर्यो । हाम्रो मर्जमा यी तीनवटै कुराहरू भएका छन् । हाम्रो डिपोजिटको स्ट्रक्चर, प्रोफियाबिलिटी अझै बेटर भएको छ । बिजनेस भोलुम पनि राम्रै आइरहेको छ । त्यो किसिमको एड्भान्टेज बैंकले लिइसकेको छ ।
पुँजीको कुरामा हामीले मर्ज गरिसकेपछि चार अर्ब सोह्र करोडको पेड अफ क्यापिटल रह्यो । त्यसपछि बैसठ्ठी करोड रुपैयाँको जुन स्वाप डिफेरेन्स छ, त्यो भोलि क्यापिटलमै जाने पैसा हो । चार अर्ब असी करोड छ हामीसँग । त्यसलाई मैले क्यापिटल नै मानिरहेको छु । हाम्रो यो सालको प्रफिट लगभग सत्तरी करोड छ, सबै मर्ज इन्टिटीहरूको । सत्तरी करोडमा लगभग पचास करोड पेडअपमा कन्भर्ट गर्न सकिन्छ अरू रिजर्भमा जान्छ होला । यी सबै मिलाउँदा छ अर्बको पुँजी भइसक्छ । यो साल लगभग एक अर्ब नाफा हुन्छ होला । बाँड्दा असी करोड भयो भने पनि यी सबै कुरा र प्लस हाम्रो एफएमओ जोइन भेन्टर पार्टनर छ । उसको पनि पैसा आउँदा लगभग सात अर्ब याट साइट नै भइसक्यो । अर्को वर्षको प्रफिट जोड्दा लगभग आठ अर्बमा हाम्रो प्लानअनुसार हुन्छ । त्योभन्दा पनि बढी पुर्याउने हाम्रो इन्टर्नल प्लान छन् ।
(समयबोधसंगको कुराकानीमा आधारित)

प्रतिक्रिया

सम्बन्धित सामाग्री