बिहीबार, १३ वैशाख २०८१

गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् : देउवा

समयपोष्ट २०७९ साउन ३० गते १४:१६

Advertisement

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनकै बलमा स्थानीय निर्वाचनमा पार्टीले राम्रो नतिजा हात पारेको बताएका छन् ।

सोमबार कांग्रेसले जनप्रतिनिधिका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले भने,‘स्थानीय निर्वाचनमा पनि गठबन्धन गरेर जाँदा राम्रो परिणाम आएको थियो । अब पनि गठबन्धन गरेर जाने दलहरूबीच सहमति भइसकेको छ । गठबन्धनलाई सँगै सँगै लिएर जानुछ । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने गरि चुनावी तयारीमा लाग्नुस् ।’

देउवाले चुनावमा जनताको समर्थन जित्न अहिल्यैबाट लागि पर्न कार्यकर्तालाई सुझाव समेत दिए । गठबन्धन छँदैछ, चुनाव जितिहालिन्छ भनेर ढुक्क हुँन नहुँने भन्दै देउवाले जनताको दिल जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए ।

देउवाले भने,‘गठबन्धन छँदैछ, चुनाव जितिहालिन्छ भन्ने खालको पनि देखिएको छ,’ देउवाले भने, ‘यसरी ढुक्क भएर नबसौं । जनताको दिल जितेर कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री