शुक्रबार, १४ वैशाख २०८१

राधिकाको जन्मदिन मनाउन मानव आश्रममा ओली

समयपोष्ट २०७९ साउन ३० गते १०:१०

Advertisement

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले मानव आश्रमलाई आर्थिक सहयोग गरेकी छन् ।

सोमबार बिहान आफ्नो जन्मदिनको अवसर पारेर नागार्जुनमा रहेको मानव आश्रमलाई शाक्यले ५२ हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

मानव आश्रममा ओलीसँगै पुगेकी शाक्यले त्यहाँ रहेका असहायलाई भोजन समेत खुवाएकी थिईन् ।

मानव आश्रमको संरक्षणमा रहेका बालबालिकालगायतलाई भोजन खुवाउने कार्यक्रममा नागार्जुन नगरपालिका उपप्रमुख अनिता लामासहितको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री