सोमबार, १५ असोज २०८०

चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’

पत्रपत्रिका २०७९ साउन ३० गते ६:१६

Advertisement

पहिरोको उच्च जोखिम भएका चार जिल्लाका १० स्थानमा पहिरोको पूर्वसूचना दिने ‘सेन्सर’ जडान गरिएको छ ।

पहिरोका कारण हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले स्थानीय तहसँग समन्वय गरेर सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा र म्याग्दीका पहिरोको अत्यधिक जोखिम भएका १० स्थानमा पूर्वसूचना दिने उपकरण जडान गरेको हो । मकवानपुरको हेटौँडामा पनि उपकरण राख्ने तयारी छ । समाजका सदस्य गोपीकृष्ण बस्यालले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको कोदारी, तामाङगाउँ, मार्मिङ र चाकुबजारमा यस्तो उपकरण जडान गरिएको जानकारी दिनुभयो । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्बर ३, ४ र ५ का बोल्दे, चुखाबेँसी थिलवारमा उपकरण जडान गरिएको छ ।

दोलखाको भीमेश्वर नगरपालिका १ र ३ का सुष्पाक्षमावती र चरीकोटमा उपकरण राखिएको छ । म्यादीको अन्नपूर्ण गाउँपालिका २ र ३ को तातोपानी, फागमडाँडा, घट्टेखोला, रुप्से र काभ्रेमा जडान गरिएको सो उपकरणले वर्षाको प्रकृति, माटोको प्रकार तथा माटोमा पानीको प्रतिशतको मापन गर्नेछ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री