सरकारले नै बेच्छ विद्युतीय चुलो, दैनिक २५ वटासम्म बिक्री
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन प्रकारका विद्युतीय (इन्डक्सन) चुलो बिक्री गरिरहेको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालय थापाथलीबाट तीन हजार रुपियाँदेखि चार हजार पाँच सय रुपियाँ मूल्यसम्मका इन्डक्सन चुलो बिक्री भएको हो । कम्पनीका बिक्री तथा बजार प्रवद्र्धन विभाग प्रमुख भीम थापाले बजेटमार्फत ग्यास खपत कम गर्न विद्युुतीय चुुलो प्रयोगलाई बढाउने नीतिअनुुरूप विद्युतीय चुुलो बिक्री गरिरहेको जानकारी दिनुभयो । कम्पनीले बिक्री गरिरहेको विद्युतीय चुलो बजार मूल्यभन्दा तीन सय रुपियाँसम्म सस्तो रहेको उहाँले बताउनुभयो ।
कम्पनीले इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २० को प्रतिथान मूल्य तीन हजार रुपियाँ तोकेको छ । यस्तै मिडिया ब्रान्डको इन्डक्सन चुलोको मूल्य चार हजार र इन्डक्सन चुलो अल्ट्राटेक यूटीआई २२ को मूल्य चार हजार पाँच सय रुपियाँ तोकिएको कम्पनीले जनाएको छ ।
मिडिया ब्रान्डको इन्डक्सनमा दुई वर्षको वारेन्टी रहेको र यो बजार मूल्यभन्दा सस्तो रहेको पनि कम्पनीको जनाएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले प्रमाणित गरेको उच्च गुणस्तरको चुलो बजार मूूल्यभन्दा सस्तोमा बिक्री गरिरहेको कम्पनीको दाबी छ । सस्तो दरमा उपलब्ध गराएपछि अहिले विद्युतीय चुलोको दैनिक बिक्री पनि बढिरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अहिले दैनिक २५ वटासम्म चुलो बिक्री भइरहेको छ । आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।
प्रतिक्रिया