मंगलबार, ११ वैशाख २०८१

रचेत जलविद्युत कम्पनी साधारण शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

समयपोष्ट २०७९ साउन २६ गते १७:२१

Advertisement

रचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।

सो सम्बन्धि सम्झौतामा उक्त सम्झौतापत्रमा बिहीबार रिचेत जलविद्युत कम्पनी लिमिटेडका अध्यक्ष अर्जुन प्रसाद पौडेल,कम्पनीकै कम्पनी सचिव शिशिर खनाल, एनआईबिएल एस क्यापिटल लिमिटेडका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना, क्यापिटलकै मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गर्नुभएको छ ।

यससंगै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।

कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर– १५, महालक्ष्मीस्थानमा अवस्थित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री