शनिबार, ८ वैशाख २०८१

शपथसम्बन्धी विधेयक बहुमतले पारित

समयपोष्ट २०७९ साउन २५ गते १६:२६

Advertisement

प्रतिनिधिसभाको आजको बैठकले ‘शपथसम्बन्धी विधेयक, २०७९’ लाई बहुमतले पारित गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

सो विधेयकका सम्बन्धमा राष्ट्रियसभाले सन्देशसहित प्रतिनिधिसभामा पठाएको थियो । सांसदहरुले उठाउनुभएको जिज्ञासामा कानुनमन्त्री कोइरालाले सार्वजनिक पदधारण गर्ने व्यक्तिले म मुलुकको कानुनप्रति प्रतिबद्ध छु र त्यसलाई शत्प्रतिशत कार्यान्वयन गर्छु भन्ने स्वघोषणाका रुपमा शपथलाई लिइएको उल्लेख गरिएको बताउनुभयो ।

उहाँले आफूले आफँैलाई जिम्मेवार बनाउने दृष्टिकोणका साथ शपथको प्रचलन संसारभर नै चलेको र हाम्रोमा पनि सार्वजनिक पदधारण गरेका व्यक्तिलाई स्वअनुशासन र जिम्मेवार बनाउन खोजिएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री