शनिबार, ८ वैशाख २०८१

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

समयपोष्ट २०७९ साउन २४ गते २०:३६

Advertisement

परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै हुनुहुन्छ ।

चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उहाँले चीन भ्रमण गर्न लाग्नुभएको हो ।

मन्त्री खड्का ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति चीन प्रस्थान गर्नुहुनेछ । दुवै मन्त्रीहरूले यही साउन २५ गते चीनको चिङ्दाओमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।

विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नुहुनेछ । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी साउन २६ गते काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री