शुक्रबार, १४ वैशाख २०८१

प्रतिनिधिसभा : पर्वतको जलजला घटनाका पीडितलाई राहत माग

समयपोष्ट २०७९ साउन २४ गते १२:१६

Advertisement

प्रतिनिधिसभाको आजको बैठकमा सांसद पदम गिरीले पर्वत जिल्लाको जलजला–७ धाइरिङ, धारापानीमा सोमबार विद्युत् प्राधिकरणको लापरबाहीका कारण स्थानीय सीता केसीको मृत्यु भएको जानकारी गराउँदै उहाँको परिवारलाई क्षतिपूर्तिको माग गर्नुभएको छ ।

बैठकको सुरुमै सभामुखसँग समय माग गरी सांसद गिरीले भन्नुभयो, “विद्युत् प्राधिकरणको लापरबाही र असावधानीका कारण ११ केपिए प्रसारण विद्युत् गाउँमा पस्दा ५० वर्षीया सीता केसीको मृत्यु भएको छ र यसबाट १३ जना स्थानीय गम्भीर घाइते भएका छन् । मृतकका परिवार तथा घाइतेहरुलाई क्षतिपूर्तिको व्यवस्था होस् ।”

मृतक सीता केसीको परिवारका कम्तीमा एकजना सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने र भौतिक क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँको माग छ । विद्युत्को भौतिक संरचना बलियो नहुँदा घटना भएको उहाँको भनाइ थियो ।

त्यसैगरी सांसद गिरीले पर्वत जिल्ला कुश्मा नगरपालिका–१० पीपलटारीमा ६४ घरधुरी भएको बस्तीमा भूस्खलन भएको बताउँदै बस्ती संरक्षण गर्नुपर्ने माग गर्नुभयो । भूस्खलनका कारण ६४ मध्ये पाँच घरपरिवार त्यहाँबाट विस्थापित भइसकेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री