मंगलबार, ६ चैत २०८०

भोलि सार्वजनिक बिदा

समयपोष्ट २०७९ साउन २३ गते २१:५१

Advertisement

२८औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा तनहुँका पाँचवटा स्थानीय पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका कार्यालयले साउन २४ गतेका दिन मङ्गलबार सार्वजनिक बिदा दिएका हुन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

विश्व आदिवासी जनजाति दिवसका अवसरमा स्थानीय बिदा दिने निर्णयअनुरूप सार्वजनिक बिदा दिइएको व्यास नगरपालिका कार्यालयका नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । बिदा दिइएका पालिकामा अत्यावश्यकबाहेक कार्यालय, वडा कार्यालय, सेवा कार्यालय, आधारभूत स्वास्थ्य कार्यालयलगायतका सबै सङ्घसंस्था बिदा हुने उहाँले बताउनुभयो ।

त्यसैगरी नगरपालिकाभित्रका सबै विद्यालय, पालिकाभित्र सञ्चालित बंैक तथा वित्तीय संस्था तथा निजी सङ्घसंस्था र निकायहरुलाई समेत सार्वजनिक बिदा दिइएको छ ।

आदिवासी जनजातिहरुको बाहुल्य रहेको क्षेत्र भएका कारण सार्वजनिक बिदा दिइएको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो । जिल्लाका पाँच पालिकाहरुले सार्वजनिक बिदा दिएकोप्रति आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँकी जिल्ला अध्यक्ष बसुन्धरा घर्तीले आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री